‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये संखुवासभा जिल्लामा १० वटा पर्दछ । त्यस मध्येको उत्तरी क्षेत्रमा रहेको भोटखोला एक गाउँपालिका हो । भोटखोलामा पुग्नकोलागि यतिबेलासम्म पैदलको विकल्प छैन । तर संभावनाको खानी छ । कालो सुन र सेतो सुनको प्रचुर उपलव्धता छ । यहाँको चलन चल्तीको भाषामा कालो सुन भनेको अलैंची हो भने सेतो सुन भनेको हाइड्रोपावर हो । यस पटक भोटखोलाको यात्रा गर्ने मौका मिल्यो । यस स्तम्भका केही श्रृखलामा भोटखोला यात्रा सम्वन्धी केही सामाग्री प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
यात्राको मेसो
नेपालका ७० वटा भन्दा वढि जिल्लामा टेक्ने अबसर मिलिसकेको छ । तर कोशीका २ वटा जिल्लामा पुग्ने मौका मिलेको थिएन । यस पटक सहकर्मी छिन्डुम मेनक्पा भोटेले मेसो मिलाउने कुरा गर्नु भयो । भोटेसँग मेरो सगत भएको एक दशक भन्दा वढि भैसक्यो । उहाँ नयाँ नयाँ काम सिर्जना गर्ने अति महत्वकाँक्षी जस्तो लाग्ने तर गरि छाड्ने खाल्को मानिस हु्नुहुन्छ । उहाँले २ वर्ष अघिबाट सिके रिसर्च एण्ड ग्रिनरी प्रमोशन प्राली नामक कम्पनी वनाई नयाँ नयाँ काम गरिरहनु भएको छ । त्यस मध्येमा एक निजि जग्गामा विरुवा लगाउने र हेरचाह गरी हुर्काउने काम जस्तो मलाई अनौठो लाग्ने काम गरिरहनु भएको छ । गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा धनगढी देखि खप्तडसम्म साइकल यात्रा पनि गराउनु भएको थियो । यस्ता अनौठा अनौठा सोचहरु सुनाइरहनु हुन्छ ।
सिर्जनशिलता सहितको जोश भएका उही छिन्डुम मेनक्पा भोटेले केही महिना अघि म पश्चिम नेपाल तिर कुनै कार्यक्रमको सिलसिलामा हुँदा अनलाईनमा सानो छलफल गरौं भनि आग्रह गर्नु भयो । भोटे, सन्ध्या लिङ्थेप र म विच अनलाइन छलफल भयो । भोटखोला गाउँपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धिकोलागि तालिम सञ्चालनको विषयमा छलफल रहेछ । यही छलफल नैं कोशीका म पुग्न वाँकी २ जिल्लामा पुग्ने सुत्राधार बन्यो ।
दशैं तिहारको विचमा भोटखोलामा तालिमको लागि जाने तिथीमिति तोक्ने सल्लाह भयो । छिन्डुम मेनाक्पा भोटेले पालिकाको प्रमुख वाङ्छेदर भोटे लगायतको टिमसँग समन्वय गरी कार्तिक ९ देखि ११ सम्म गर्ने निधो भयो । त्यही अनुसार हामी तयारीमा जुट्यौं । पहिलो पटक संखुवासभा पुग्दै थिएँ । मसँग उत्साह थियो । मलाई यहि मौकामा भोजपुर पनि टेक्न पाए कोशी प्रदेशका सवै जिल्ला पुगेको भन्न पाइन्थ्यो भन्ने लागिरहेको थियो । यहि आशय भोटेसँग राखें । उहाँले केही प्रतिक्रिया जनाउनु भएन ।
नपुगेको जिल्लामा पाइलो
कार्तिक ६ गते काठमाडौंबाट तुम्लिङ्गटार वुद्धको विमानबाट उडियो । छिन्डुम भोटे, सन्ध्या लिङ्थेप, जोजो भुटिया र म सहित हामी ४ जना थियौं । म पहिलो पटक पहाडी जिल्लाकोलागि वुद्ध एयरको विमानमा यात्रा गर्दै थिएँ । संयोगले मेरो सिट हिमाल देख्ने तर्फ झ्यालको छेउमै थियो । मौसम खुल्ला थियो । रमाइलो मानि हेरिरहें । चरिकोट बजार देखें । चरिकोट वजार माथिको भ्युटावर छ्याङ् देखियो । त्यसै गरी ओखलढुङ्गा वजार रुम्जाटार विमानस्थल पनि चिनें । भोजपुर बजार र अलि तल रहेको ठाडो खाल्को विमानस्थल देख्दा पुगौं पुगौं जस्तो लाग्यो । कफ्सन नेपालको अध्यक्ष विना श्रेष्ठले भोजपुरको वयान गरेको अनी आफ्नो माइत बजार भन्दा तल एयरपोर्टको छेउमा छ भनेकोले मैले अनुमान गर्न सकें भोजपुर भनेर । अनी छेउमै रहेको छिन्डुम मेनाक्पावाट समेत पुष्टि गराएँ । यात्रा अवधी भर नैं उत्तरवाट दक्षिण वगेका रमाइला नदीहरु प्रशस्तै देख्न पाइन्थ्यो । करिव ३५ मिनेटको यात्रा पछि संखुवासभामा रहेको एक मात्र विमानस्थल तुम्लिङटार उत्रियौं । यो विमानस्थल अरुण नदीको नजिक नजिक रहेछ । पहाडी क्षेत्रको यती विशाल विमानस्थल देखेको थिएन । रनवे नैं धेरै ठुलो लाग्यो । त्यही भएर त वुद्धको एटिआर ७२ विमान आउँदो रहेछ ।
विमानस्थलमा केही फोटो खिच्यौं । किनकी म पहिलो पटक यस जिल्लामा टेकेको थिएँ । केही संझनाहरु संगाल्नु थियो । विमानस्थलबाट वाहिर निस्क्यौं । छिन्डुमले एक अटोको व्यवस्था गरी जाउँ भन्नु भयो । केही पिच केही कच्ची हुदै ओरालो ओरालो अरुण नदी तिर हामी लाग्यौं । फोनबाट खानाकोलागि अर्डर गरि रहनु भएको थियो ।
केही मिनेटको यात्रामा ‘वारीजमुना पारी जमुना विचमै मनकामना’ भन्ने गित सुन्नु भएको छ भन्नु भयो । मैले खेमराज गुरुङ्गले गाएको गित हो भनें । त्यो ठाउँ यहि हो भन्नु भयो । केही पिपलका रुखहरु फेदमा रातो रङ्ग लगाएका थिए । आज पूजा गर्ने दिन रहेछ, राँगा, बोका काटेर त्यही भोज तयार हुँदै थियो । म रमाइलो मान्दै हेर्दै थिएँ । यो स्थान अरुण नदीको किनारमै थियो । हाम्रो अटो रोकिएन फर्केर आउँदा हेरौंला फोटो खिचौंला भन्दै हामी वढ्यौं । अली अगाडी वढे पछि झोलुङ्गे पुल नपुग्दै हाम्रो अटो रोकियो । अरुण तर्ने पक्की पुल नभएको तर गाडी तार्न ‘फेरी’ रहेछ । ४ वटा जती वोलेर हाली तार र सामान्य इन्जिनको सहायताले खोला तारिँदो रहेछ । यस्तो दृश्य प्रत्यक्ष देख्न मौका मिलेको थिएन । यो यात्रामा जु¥यो ।
हामी खोलापारीको यात्रा धेरै लामो नभएकोले हामी झोलुङ्गे पुलबाट अरुण त¥यौं । भोजपुर पुग्यौं । मलाइ भोजपुर टेक्ने मेसो मिलाइदिनु भएको रहेछ । भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ को सतिघाट पुग्यौं । त्यहाँ राजकुमार घिमिरे जो नेकपा एमाले संखुवासभाको नेता पनि हुनुहुँदो रहेछ, उहाँले मकालु हिमालयन एग्रोटुरिजम रिसोर्ट खोल्नु भएको रहेछ । १ सय ७ रोपनी जग्गामा मान्छेहरु लोभ्याउने संरचनाहरु वनाएको रहेछ । पोखरी, माछा पालन, गाइ तथा कुखुरा पालन, तरकारी खेती, रुद्राक्षको विरुवा रोपन, वोटिङ्ग, एक ठुलो ढुँगामा शिवको मुर्ति त्यहाँ पुग्न पुल, विभिन्न जनावरहरुको मुर्ति, फूल वगैचा सजिएको, रोटे र लि¬ङ्गे पिङ अनी रिसोर्ट पनि । त्यहाँ प्रवेश गरेको रु ५० लाग्दो रहेछ तर रिसोर्टको पाहुना भएमा निशुल्क । हामी खानाखाने गरी त्यहाँ गएकोले प्रवेश शुल्क तिर्नु परेन । घुम्दै फोटो खिच्यौं । लोकल कुखुराको मासु र खाना आयौं । महँगो पनि त्यती धेरै लागेन ।
प्रति खानाको रु ४५० को दरले विल आयो । भोजपुर जिल्ला टेक्ने रहर पूरा गरी झोलुङ्गे पुलवाट अरुण तरियो । संखुवासभा तिर लाग्यौं । हिड्दै मनकामनामा पुग्यौं । त्यहाँ भोज खाइरहेका थिए । हामीले अवलोकन ग¥यौं । फोटो खिच्यौं । हिड्दै तुम्लिङ्गटार तिर हानीयौं । बाटोमा एक वहिनीले अटो हाँकेर ल्याइन् । अनी हामीले खाँदवारी लैजाने हो भनेर सोध्यौं । प्रति व्यक्ति २ सयको दरले भाडा तिरेर हाम्रो यात्रा उकालो लाग्यौं । चालक वैनी आँटिली रहिछिन् । भोजपुर तिर घर भएकी वहिनीले ४ वर्ष अघि देखि यहाँ अटो चलाइरहेकी रहिछन् । रमाइलो गफ गदैं करिव १३ किमि यात्रा पार गरी पहिले नैं तय गरिएको खाँदवारी स्थीत भेनस होटलमा हामीले झोला विसायौं । क्रमसः