सशस्त्र प्रहरीभित्र डीआईजी बन्न कुँवरको दौडधूप

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र पहिलाको तुलनामा केही सुधारोन्मुख काम भएको बताइन्छ । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सरुवा, बढुवादेखि आवश्यक भौतिक संरचना, हातहतियार खरिद, लत्ताकपडा खरिद जस्ता काम पारदर्शी ढंगले गरेको चर्चा चल्ने गरेको छ । सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षकहरुले आफ्नो कार्यकाल अवधिभर सरुवा, बढुवादेखि आवश्यक सामग्री खरिदमा मनोमानी ढंगले कसैलाई लाख काख कसैलाई पाखा पार्ने काम गरेको गुनासाहरु आउने गरेका थिए ।

त्यतिबेलाका महानिरीक्षकहरुले लेखा शाखामा आफ्नो मान्छे फिट गरेर कमाउधन्दा चलाउने गरेको समाचार सञ्चारमाध्यम नआएका होइनन् । तर, हालका महानिरीक्षक अर्यालले त्यो संस्कारको अन्त्य गर्दै सरुवा, बढुवा र आवश्य सामान खरिदमा निष्पक्ष ढंगले काम गरेको चर्चा छ । महानिरीक्षक अर्यालले जस्तो काम पहिलाका महानिरीक्षकहरुले गरेको भए सशस्त्र प्रहरी बल जुन उद्देश्यले गठन गरिएको थियो सो काम परिपूर्ति हुनेथियो भन्ने चर्चा सर्वत्र छ । तर, सशस्त्र प्रहरीभित्र अन्य एआईजी र डीआईजीहरु पावर र पैसाको आडमा पद हत्याउने र मालदार ठाउँमा सरुवा हुने गर्दै आएका छन् ।

सशस्त्रमा यतिबेला डीआईजी बन्नको लागि दीपेन्द्र कुँवर न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका बहिनी ज्वाइ हुन् । सशस्त्र प्रहरीभित्र उनै कुँवर डीआईजी बन्नको लागि भानु देउवा र डा. आरजु राणा देउवासँग हारगुहार गर्न पुगेका छन् । तर, सशस्त्र प्रहरीमा कुँवरभन्दा सिनियर कृष्ण ढकाल, दीपे्रन्द्र थापा, प्रकाश थापा र विनोद श्रेष्ठ रहेका छन् । यिनीहरुमा कुँवर तेस्रो वरियतामा पर्दछन् । तर, विनोद श्रेष्ठ र प्रकाश थापाले डिआईजीमा बढुवा हुनको लागि तालिम गरेका छैनन् ।

सिनियरहरु पछि पार्दै दीपेन्द्र कुँवर डीआईजी बन्न दौडधूप गरिराखेका छन् । पहिलाका आईजीपीहरुको सिको सिक्दै कुँवर पैसा र पावरको भरमा डीआईजी बन्न खोजिरहेका छन् । आईजीपी राजु अर्यालले सशस्त्र प्रहरीभित्र राम्रो काम गरेको भनिरहँदा जुनियर दिपेन्द्र कुँवर डिआईजी बन्न खोज्दा कस्तो भूमिका देखिन्छ त्यो भने हेर्न बाँकी छ । महानिरीक्षक अर्यालको जागिरे अवधि पनि धेरै छैन । अर्यालको जागिरे अवधि छोटिँदै जाँदा सशस्त्र प्रहरीभित्र उनले सुधार गर्नुपर्ने काम धेरै छन् । निष्पक्ष काम गर्न खोज्ने अर्याललाई भ्रष्ट चरित्रका एआईजी र डीआईजीहरुले वाधा पु¥याने गरेका छन् । त्यसले गर्दा पनि अर्यालले सशस्त्र प्रहरीभित्र भनेजस्तो काम गर्न नसकेको गुनासोहरु पनि त्यत्तिकै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *