काठमाडौं । कुनै बेला भूमि मन्त्रालय अन्तर्गत पर्ने मालपोत र नापी कार्यालयहरुमा कर्मचारीहरु सरुवा भएर जान चाहँदैन थिए । किन कि तत्कालीन नापी र मालपोतका कर्मचारीहरुलाई अख्तियारले भ्रष्टाचारको मुद्दा लगाउने कारणले कर्मचारीहरु जान रुचाउँदैन थिए । अहिले मालपोत र नापीमा सरकारीदेखि गुठीका जग्गा हिनामिना गरेर अकुत सम्पत्ति आर्जन गर्ने उद्देश्य कर्मचारीहरु मालपोत र नापी कार्यालयमा सरुवा हुन न्वारनदेखिको बल निकालेर लागिपर्ने गरेका छन् । मालपोत कार्यालयमा बस्ने कर्मचारीहरुले सरकारीदेखि गुठीको जग्गासमेत व्यक्तिको नाममा ल्याएर करोडौं उठाएको समाचारहरु समाञ्चार माध्यममा नआएका होइनन् । त्यसको उदाहरण बनेको छ यतिबेला भैरहवा विमानस्थल । सो विमानस्थल निर्माण गर्ने नाममा १२ बिगा सरकारी जग्गा करिव १५ करोड रुपैयाँ लिएर व्यक्तिको नाममा दर्ता गरेको समाचार सञ्चारमाध्यममा आएको थियो ।
सरकारी जग्गा हडपेर व्यक्तिको नाममा दर्ता गर्ने व्यक्ति हुन् कुमार आचार्य । आचार्यले भैरहवा मालपोत कार्यालयमा बस्दा भैरहवा विमानस्थललगायतका विभिन्न ठाउँका सरकारी जग्गा हिनामिना गरेर लाभ लिएका थिए । उनै आचार्य अहिले भक्तपुर मालपोतमा रमाइरहेका छन् । भक्तपुरको सूर्यविनायकदेखि ताथली, दधिकोट, बालकोट, चाँगुनारायण, दुवाकोटजस्ता ठाउँमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने र छुट जग्गा दर्ता गर्ने गरेर करोडौं कमाइ गरेको स्रोतको दावी छ । त्योसँगै मोही र तलसिनबीचको झगडा मिलाउने नाममा पनि आचार्यलगायका कर्मचारीहरुको मिलेमतोमा थुप्रै सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर हिनामिना गरेको स्रोतको दावी छ । उक्त समाचार तामाकोशी सन्देशले पटक–पटक प्रकाशित गर्दै आएको छ ।
२०८१ मंसिर ५ गते प्रकाशित गरेको थियो । त्यसमा दुवाकोटको वडा नम्बर १ मा रहेको कित्ता नम्बर १५६ को १ रोपनी ७ आना १ पैसा क्षेत्रफल भएको जग्गा मोही दर्ता गरेर हिनामिना समाचार तामाकोशी सन्देशले प्रकाशित गरेको थियो । त्योसँगै कित्ता नम्बर १६० को १ रोपनी ९ आना जग्गा भूमि सुधार ऐन २०२१ को कार्यान्वयन निर्देसिकाविपरीत हिनामिना गरेको समाचार प्रकाशित गरेको थियो ।
आचार्यको अनियमितताको समाचार विभिन्न सञ्चारमाध्यमहरुले पटक–पटक सम्प्रेषण गर्दा पनि सम्बन्धित निकायको नजर पर्न सकेको छैन । उनै आचार्यले बरु मन्त्रालयका उच्च तहका कर्मचारीहरुई मुगरामहमा पारेर आर्थिक लाम लिइरहेका छन् । आचार्य ललितपुर र टोखा मालपोत कार्यालयमा कार्यरत रहँदा पनि सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर ठूलो मात्रामा आर्थिक लाभ लिएको समाचार स्रोतको भनाइ छ । उनै आचार्य अहिले भक्तपुर मालपोतमा बसेर सरकारी जग्गा यिहनामिना गरिराखेका छन् ।