प्रधानमन्त्री ओलीलाई काण्डै काण्ड

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आफू मात्र ठिक भन्दै गर्दा आफ्नो वरपरको वातावरण कस्तो बनाइयो त्यो ख्याल नगर्दा विवादमा पर्छन् । अध्यक्ष ओलीको इज्जत बचाउन एमाले आफै सत्तासीन भएर जनताका बीचमा कति सेवा गरियो भन्दा पनि आफ्नो पहलमा कहाँ कति गरियो, त्यो चासो नदिँदा पार्टी जनताका बिचमा आलोचित भएको पत्तो पाएको छैन ।

प्रधानमन्त्री ओलीका काण्डै काण्ड छन् । पार्टीको नाममा विवादित व्यवसायी मिनबहादुर गुरुङबाट लिएको १२ रोपनी १४ आना जमिन काण्डले पार्टीमा हलचल भएको छ । एमालेले आफ्नै नाममा ९ रोपनी जमिन बल्खुमा छँदा छँदै दशतिर दौडनु पर्दैन । तर त्यहाँको जमिन छाडेर कीर्तिपुरतिर लम्किँदा मिनबहादुरको दानले प्रधानमन्त्रीको नैतिकता ध्वस्त भएको छ ।

विद्युतको महसुल उठाउन नपाउने परिबन्धमा पारेर कुलमानविरुद्ध प्रधानमन्त्री जसरी लागे त्यसको रनको उपसभामुख इन्दिरा राणा हटाउ काण्डमा पनि जोडियो । तर सरकारले आँट गरेन । बालेन प्रकरणले ओली आफै विवादित भए । बाढी पीडितका बारेमा प्रधानमन्त्रीको चासो छैन । अर्थतन्त्र डामाडोल छ । सरकारको नेतृत्व लिएको पार्टी यसरी ध्वस्त हुन्छ भन्ने सोच कसैको थिएन । काण्डै काण्डले ग्रस्त पार्टीको छवि कस्तो हुन्छ प्रम एवं एमाले अध्यक्ष ओलीले ख्याल राख्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *