ओली एक, उपाय अनेक !

राजनीति समाचार

काठमाडौं । जसले भत्काउँछ बनाउने पनि उहि भयो भने विवाद हट्छ आक्रोश कम हुन्छ । बिग्रेको बाटो सप्रिन्छ । राजनीति रुपमा लगभग एक्लो बनेको नेकपा एमाले त्यसका सुप्रिमोको घमण्ड र दम्भको कारणले जेनजी पुस्ताको सम्भावित आक्रमणबाट वच्न अनेक उपायको खेती गर्नुपर्ने अवस्थामा पुगेको छ ।

जेनजी प्रस्ताले लिएको कार्यकारी प्रमुखको एजेन्डा पूरा गर्न एमालेका अध्यक्ष केपी ओलीले नै नयाँ जुक्ति निकालेका छन् । ओलीले एकैदिन भनेपनि संसद पुनःस्थापना सर्वोच्चवाट गराउने, संसदबाट जेनजीको मागअनुसार कार्यकारी प्रमुखको निर्वाचन गर्ने गरी संविधान शंसोधन गर्ने र सरकारले चुनावको कामलाई तिब्रता दिँदा फागुन २१ गते नै चुनाव गर्न सकिने प्रस्ताव गरेका छन् । चुनाव गर्न गत भाद्र २३ मा केपी ओलीको कार्यकालमा २२ जना युवा विद्यार्थीको हत्या भयो ।

२४ गतेको लुटपाट र आगजानीमा परेर भाटभटेनीमा भेटिएका अस्थिपन्जर बाँकी रहेका मृतक को थिए स्पष्ट छैन । तर, सरकारलाई शहिद घोषणा गर्न र राज्यको कोषबाट प्रतेक परिवारलाई रु १५ लाख दिने घोषणा जसरी गरियो त्यो मिल्दो थिएन र छैन । एमाले अध्यक्ष ओलीलाई आफ्नो कार्यकालको कालो रात कालो दिनको सम्झना गर्नु छैन । विद्यार्थी मरे कुनै सान्त्वना र समवेदना दिने काम एमालेले गरेन । त्यसकारण एमालेको आलोचना भएको छ । एमाले अध्यक्ष ओलीले निकालेको त्यो जुक्तिले चुनावका पक्षधर दल र समर्थकबीचको लडार्इँ सर्वोच्चले कसरी निकास दिन्छ त्यो पर्ख नै पर्छ ।

नेकपा एमाले संसद् पुनःस्थापनाको पक्षमा लागेको पार्टी हो । त्यसमा कांग्रेस अलमलमा परिरहेको छ । कांग्रेसले संसद् पुनस्र्थापना र निर्वाचन दुवैतिर खुट्टा राखेको छ । कांग्रेसको डा शेखर कोइराला समूह चुनावको पक्षमा छ । संस्थापन पक्ष भने दुवैतिर खुट्टा हालेको छ । यो अवसरवादी स्वभावले कांग्रेसका मतदाताहरु नेतृत्वप्रति आकोशीत छ्न ।

तर एमालेमा अध्यक्ष केपी ओलीको अगाडि शिर ठाडो नगर्ने पर्दापछाडि क्रान्तिकारी बन्नेहरु धेरै छन् । अध्यक्ष ओलीलाई जेनजी पुस्तासँगको सम्वन्ध सुधार्नको लागि नयाँ उपाय नयाँ जुक्ति निकाल्नै पर्ने वाध्यता थियो । ओेलीको जुक्ति ठिक हो । तर उनी इमानमा बेईमान छन् । संसद पुनःस्थापना भएपछि आफै प्रधानमन्त्री बन्ने संविधान बदल्ने उनकै प्रहरी उनकै ब्यूरोक्रेसी प्रयोग गरेर सत्ता कब्जा गर्छन् कि भन्ने शंकाकै कारण अरु दल र नेताहरुले ओलीप्रति विश्वास नगरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *