माफियाको जालमा धितोपत्र बोर्ड

राजनीति समाचार

काठमाडौं । काम लगाएर श्रमजीवी पत्रकारको मासिक तलब समयमा नदिने कान्पिुरका कैलास सिरोहिया, नागरिकका विनोद ज्ञवाली, अन्नपूर्ण पोष्टका रामेश्वर थापाजस्ता सञ्चालकहरूलाई सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत दिलाउने डिजाइन सफल भएको छ । नागरिक दैनिकले सेयर बिक्री गरेर कमाइ गरेको बताइसकेको छ । नागरिक प्रकाशनलाई स्वीकृति दिएको बेलामा बोर्डमा लामो समयसम्म अध्यक्ष नियुक्ति भएको थिएन । अहिले प्रधानमन्त्रीले रुचाएका सन्तोषनारायण अध्यक्ष भएका छन् ।

एमाले माओवादी सरकारको बेला तत्कालीन अर्थमन्त्रीलाई बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्न एमाले अध्यक्ष केपी ओलीले दिएको दबाब तत्काल पूरा नहुँदा सरकार ढलेको थियो । अहिले विभिन्न कम्पनीको स्थिति विपरीत ९ अर्बको आईपीओ निष्कासन स्वीकृत गराउन दिएको दबाब सहज रुपमा स्वीकार गरिएन । त्यो खेलमा हालका अर्थमन्त्री विष्णु पौडेल, बिचौलिया दीपक भट्टको सक्रियता थियो ।

एमाले अध्यक्ष केपी ओलीको चाहना यसपटक पुरा भएको छ । अब श्रमजीवी पत्रकारमाथि शोषण गर्ने रामेश्वर थापा र कैलाश सिरोहियाको ठगीधन्दा सफल हुने देखिएको छ । बिचौलिया दीपक भट्ट, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्री केपी ओलीको योजना पनि सफल भएको छ । प्रधानमन्त्री ओली आफ्नो स्वार्थका लागि राष्ट्रको स्रोत कसरी लिन्छन् भन्ने कुरा विद्युतको महसुल र टेलिकमको रोयल्टीमा देखाएको व्यवहार साक्षी छ ।

सन्तोषनारायण श्रेष्ठ दीपक भट्ट र अर्थमन्त्री विष्णु पौडेलका मान्छे हुन् । धितोपत्र बोर्डले सेयर निष्कासन स्वीकृति दिँदा पैसाको चलखेल हुन्छ । यो चलखेलमा आवश्यकताभन्दा स्वार्थलाई जोडिन्छ । अब भने बिचौलिया हावी हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *