हुन्छ बहादुरकै भरोसामा एमाले

राजनीति समाचार

काठमाडौं । गणतन्त्रात्मक व्यवस्थामा जनताका बीचमा जानका लागि कसैले कोहीलाई छेक्न हुँदैन । तर नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुईदलीय नीति अवलम्बन गरी अमेरिकी ढाँचामा निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने प्रस्ताव गर्दा एमालेभित्रै पचेन ।

पोखरेलको दुई दलीय प्रस्ताव कांग्रेसले मानेन् । एमालेमा शंकर पोखरेललाई मदन भण्डारीको सच्चा अनुयायीका रूपमा लिइन्थ्यो । समय कोल्टे फेर्यो महासचिव पोखरेल निर्माण व्यवसायी आफ्ना दाजुको व्यवसाय सफल बनाउन कांग्रेसका तत्कालीन नेता स्व. खुमबहादुर खड्काको योजनामा चले । दाङबाट माओवादीले साथ दिएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने पनि शंकरको धरातल कोमल ओलीले खुस्काइदिएकी थिइन ।

अहिले केपी ओलीलाई उचालेर फाइदा लिने विष्णु रिमाल, प्रदिप ज्ञवाली, डा.युवराज खतिवडा महासचिव शंकर नै हुन् । यसपटक पनि प्रधानमन्त्री केपी ओलीले खतिवडालाई आर्थिक सल्लाहकार राखेर अर्थमन्त्री विष्णु पौडेलका योजनामा कैँची लगाए । पीएचडीधारी नै भएपनि डा. खतिवडाले अर्थमन्त्री छँदा जनताको भन्दा स्टिल कम्पनी र सिमेन्ट कम्पनीका मालिकको सेवा गरेकै हुन् ।

प्रधानमन्त्री ओलीलाई पार्टीको भन्दा गुटको चिन्ता छ । एमालेमा गुटको भरोसा गर्दा महासचिव शंकरको बहुदलीय जनवादको भाष्य दुईदलीय सिन्डिकेटतिर सोझिए पनि स्थानीय उपचुनावले एमालेलाई राम्रै शिक्षा दिएको छ । ओलीले जे बोल्छन्, ताली पिटेर स्वार्थ पूरा गर्नेहरूको सूचीमा तिनै छन् जो पूर्व राष्ट्रपतिका निकट भनिएकाहरूको जासुसी गर्छन् । अध्यक्ष ओलीले यिनको भरपर्दा पार्टी मिसन २०८४ मा के हुने हो निश्चित छैन । जनताले बाम तालमेललाई जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *