कहिँ नभएको जात्रा छ भद्रकालीमा ।

राजनीति समाचार

काठमाडौं । महिला हिंसा विरुद्ध १६ दिने अभियान हालै सकिएको छ । तर महिला हिंसामा परेकाहरुलाई न्याय दिनका लागि स्थापित आयोगभित्रै आयुक्त आयुक्त बीचको वेमेल छ । काण्डै काण्डमा मुछिएका छन्,प्रमुख आयुक्तदेखि आयुक्तहरु नै । प्रमुख आयुक्त सात करोडको भ्रष्टाचार मुद्धामा मुछिएर बदनाम छिन् । अर्की आयुक्त कृष्णकुमारी खतिवडासँग कमला पराजुलीको पानी वारावार छ ।

अल्फा विटाकै कार्यक्रममा मन्त्री र सचिवकै अगाडि उनले उक्त असन्तृष्टि पोखिसकेकी छिन् । प्रमुख आयुक्तसँग सचिव पार्वती अर्यालको हिमचिम बढिरहेका कारण सचिवको भूमिका समेत पारदर्शी नरहेको आवाज त्यही भित्र त सुनिएकै थियो अहिले अर्की आयुक्त समेत दोहोरो सुविधामा मुछिएकी छिन् । राष्ट्रिय महिला आयोगमा मिति २०७७ असार १० गते बाट सदस्य पदमा नियुक्त भएकी सावित्री कुमारी शर्मा (तिवारी) हुन यसरी दोहोरो सुविधामा मुछिएकी ।

उनी आयुक्तमा नियुक्त हुनुभन्दा अगाडि नेपाल सरकार अन्तरगत पर्वत जिल्ला स्थित लक्ष्मी भवन प्रा.वि.मा कार्यरत शिक्षिकाको रुपमा कार्यरत रही अहिले पेन्सन होल्डर रहेको र दोहोरो सेवा सुविधा लिइरहेको भन्दै संसदीय समितिहरु गुहारिएको छ । नेपाल सरकारले जारी गरेको कानुनी व्यवस्था अनुसार कुनै पनि नेपाल सरकारको कुनै पनि निकायमा रहेको व्यक्तिले एक ठाउँबाट सुविधा÷तलव लिएपछि अर्को पनि राज्यको अंगबाट तलब÷सुविधा लिन नपाउने व्यवस्था छ । तर राष्ट्रिय महिला आयोगको सदस्यले दोहोरो सुविधा लिएको हुँदा सो तर्फ कारवाही गरी दोहोरो सुविधा हटाइ खाई आएको सुविधा असुल उपर गर्न माग राख्दै संसदीय समितिमा उजुरी परेको छ ।

यस्का अलावा आयुक्तको आफ्नै घर बंगला हुँदा हुँदै घरभाडा वापतको मासिक पाउने रकम रु १८,०००।– (अक्षरुपीः अठार हजार) बुझिरहेको पाइएको छ । शर्माको आफ्नै निजी बंगला सिस्टमको ३ तल्ले ७ आना क्षेत्रफलमा बनेको काठमाडौँ जिल्ला बुढानिकण्ठ नगरपालिकामा रही सोही घरमा बसेर राज्यबाट घरभाडा वापत रकम लिंदा राज्यकोषको दोहन भएकोले सो सम्बन्धमा संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक सेवाको सर्त र सुविधा सम्बन्धी ऐन २०५३ को दफा ४ को विपरित आफ्नो घरमा बस्नेले सुविधा नपाउने भनि प्रष्ट कानुनी व्यवस्था भएको हुँदा सो को बर्खिलाप गरी राज्यबाट सुविधाको दुरुपयोग गरी संवैधानिक आयोगको मर्यादा विपरित कार्य गर्ने निज सदस्यलाई कारवाही गरी खाइ आएको रकम फिर्ता गराई कडा कारवाही गर्न माग गर्दै संसदीय समितिमा उजुरी दर्ता भएको छ ।

उता नेपाल राष्ट्र बैंकको गर्भनर बनाउने खेलोमा उक्त आयोगका केही आयुक्तहरु प्रयोग भएको चर्चा छ,अहिले । गर्भनरका लागि आधा दर्जनको नाम चर्चामा छ । जसमध्ये एक हुन्, वर्तमान डेपुटी गर्भनर बमबहादुर मिश्र । सबैभन्दा धेरै चर्चामा रहेका उनलाई गर्भनरको ‘रेस’ बाट बाहिर निकाल्नका लागि महिला आयोगका केही आयुक्तहरु प्रयोग भइरहेको चर्चा नेपाल राष्ट्र बैंकमा सुन्न थालिएको छ । मिश्रलाई गर्भनर बन्नबाट रोक्नका लागि यौन दुव्र्यवहार सर्वत्र हल्ला फैलाएको स्रोतको दाबी छ । महिला आयोगको विश्वस्त स्रोतले भनेअनुसार मिश्रको पछाडि केही पदाधिकारी हात धोएरै लागिपरेका छन् ।

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यमाथि यही प्रकृतिको कारबाही चल्दा निलम्बनमा परेका उनी हालैमात्र अदालतबाट क्लिन चिट पाइसकेको अवस्थामा अहिले वमबहादुर मिश्रलाई बदनाम गराएर आफू गभर्नर बन्ने खेलोमा राष्ट्रबैंकको डेपुटी गभर्नर नै लागिरहेको र उनलाई महिला आयोगबाट भरपुर साथ र समर्थन दिने काम भएको छ । प्रतिवेदन सार्वजनिक नभइ केही माननीयले पदको दुरुपयोग गर्दा डेपुटी गर्भनर गल्तीबिनै सक्किने चर्चा आयोगभित्रै चलेको छ । गर्भनर महाप्रसाद अधिकारी आगामी चैतमा घर जाँदैछन् । झापाली ढुंगानाले गर्भनर बन्नका लागि आफ्नै सहकर्मी खुइँलाउन खोजेको गाइँगुइँ राष्ट्र बैंकदेखि आयोगसम्म छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *