प्रहरी महानिरीक्षक कुँवर आजदेखि अवकाशमा जाँदै

समाचार

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशमा जाने भएका छन् ।

आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् । आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।

कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *