काठमाडौं । जापानका अनुसन्धानकर्ताले पानी र माटोमा घुल्ने वातावरणमैत्री प्लास्टिकको विकास गरेका छन् ।
यो नवीनतम आविष्कारले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने मात्र नभई, जलवायु परिवर्तन नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । जापानको ‘राइकेन सेन्टर फर इमरजेन्ट म्याटर साइन्स’ का अनुसन्धानकर्ताहरूले नयाँ जैविक प्लास्टिक विकास गरेका हुन्, जुन समुद्रको पानीमा केही घण्टाभित्रै घुल्नेछ । यो प्लास्टिक बलियो पनि छ र यसलाई प्याकेजिङ्ग सामग्रीदेखि लिएर चिकित्सा उपकरणहरूसम्म प्रयोग गर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।
प्लास्टिकका कारण समुद्रको पारिस्थितिक प्रणालीमा गम्भिर समस्या झेलिरहेका जापानजस्ता देशहरुलाई त झन् यो महत्वपूर्ण उपलब्धि कोसेढुंगा सावित हुने ठानिएको छ ।

