नेपालमा कम्युनिस्ट पार्टी मासिने डर

राजनीति समाचार

काठमाडौं । कम्युनिस्ट पार्टी सिद्धान्त र नीतिमा चल्थे भने पार्टीका जुनसुकै पदाधिकारी गएपनि आमसभामा जनताको ओइरो लाग्थ्यो । पार्टीमा सिद्धान्त आदर्श र निष्ठा भएको भए भ्रष्टाचारलाई नीतिगत लुट बनाउने ओलीतन्त्र हावी हुने थिएन । प्रधानमन्त्रीको हैसियतले सरकारको हावादारी विकासे कुरा गर्नु पार्टी अध्यक्षको ठाउँबाट आफू मात्र विकास प्रेमी र आदर्शवादी ठान्नु, सिद्धान्त र विचार बागमती र विष्णुमतीमा बगाएर आफ्नै नेताको शंकास्पद हत्याको छानबिन नगर्नु एमालेका भ्रष्टहरूको बहुदलीय जनवाद बन्दैछ । त्यसैकारण कम्युनिस्ट मासिने डर भएपछि विद्या भण्डारीले एकता भनेकी हुन् ।

ओलीको शासन पूर्ण रुपमा असफल हुँदा विदेशी दाताले पनि लगानी र सहयोग रोकेका छन् । यही मौका पारेर प्रधानमन्त्री हुँदा छोरी, बुहारी, भाइ र ज्वाईंको भलो गरेका १० वर्षे युद्धका नायक प्रचण्डबिना माओवादी सभाहरूमा आकर्षण हुन छोडेको छ । प्रचण्डले पत्रकारहरूलाई ढाँटेको कुरा प्रेस सेन्टर उपत्यका प्रदेशको प्रमुख अतिथि बन्न सम्मानपत्रमा हस्ताक्षर गरेर कार्यक्रममा नजानु हो ।

माओवादीमा प्रचण्ड बाहेक अरुको महत्व नहुनु र एमालेमा ओली बाहेक अरुको महत्व छैन । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महाभ्रष्ट हुन् । उनले पदक तथा विभूषण पनि बेचेको आरोप सहे । अरु ६ जना उपाध्यक्षको एमालेमा गणना छैन । विद्या भण्डारी उपाध्यक्ष पदमा भएकै बेला राष्ट्रपति बनिन् । जहाँ महासचिव उपमहासचिवहरू सचिवहरूको गणना छैन ।

त्यस्तै हालत माओवादीमा छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा हुँदा राम्रै गरे । तर उनी गृहबाट हट्नासाथ भ्रष्टाचारीहरूले टाउको उठाए । तर पनि श्रेष्ठप्रति पार्टी जनवर्गीय संगठनहरू समेत सकारात्मक छैनन् । जातिवादी देव गुरुङ, सुरेश आलेहरूको विगत घिनलाग्दो थियो । दिननाथ माओवादीका भ्रष्टाचार शिरोमणि नेता नै हुन् ।

कम्युनिस्टहरूको बदनाम गरेका नेताले जनताभन्दा गुट, नाता र कुटुम्बको सेवा गरेर ढिकुटी रित्याए । ओलीका यौनलम्पट र भ्रष्टहरू कारबाहीबाट बच्छन् । माओवादीका कृष्णबहादुर महरा सुनतस्करीको सेवक भएबापत जेल पर्छन् । यो कम्युनिस्टहरूको नियति हो । जहाँ सिद्धान्त, आदर्श र निष्ठाले काम गरेन । त्यहाँ पार्टीको सर्वोच्च नायकको आतिथ्य बिना समारोह र सभाको शोभा बढ्दैन । कम्युनिस्ट मासिने डर यही हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *