महायज्ञको नाममा दलित परिवारको घर भत्काइएको विषयप्रति सदनमा चासो 

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् ।

सिरहाको औरही गाउँपालिकाले यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो ।बिहीबार बसेको बैठकले आकस्मिक समयमा बोल्दै सांसदहरुले पीडित परिवारलाई विस्थापित गराई महायोज्ञ गराएकोप्रति आक्रोश पोख्दै पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।

महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ । त्यसप्रति आपत्ति जनाउँदै सांसदहरूले भत्र्सना गरेका हुन् । यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत ‘हेग’ जानुपर्ने अवस्था समेत आएको सांसद जीवन परियार, रास्वपा सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *