कोशी प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने

राजनीति समाचार

काठमाडौं । कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *