प्रभु शाहद्वारा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम बहिष्कार

राजनीति समाचार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संसद्मा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यसअघिको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रश्नहरुको उत्तर नदिएको प्रसंग निकाल्दै प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको भनाइ थियो । यसअघि भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद साहले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *