प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थगित

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो तर, सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।

संसदमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने उनीहरूको माग रहेको छ ।

तर, प्रधानमन्त्री केपी ओली संसदमा उपस्थित भएर जवाफ दिन तयार भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *