काठमाडौं । यतिबेला नेपाली बजारमा विभिन्न नाम र ब्राण्डका फलफूलका जुसहरु सर्वत्र पाइन्छन् । नेपालमा त्यस्ता जुस खाने सर्वसाधारणहरु पनि प्रशस्तै छन् । खानको लागि मात्रै होइन आफन्त वा छिमेकीहरु विरामी भएको खण्डमा अस्पतालमा भेट्न जाँदा या कुनै निमन्त्रणा मान्नको लागि जाँदा पनि विभिन्न ब्राण्डका जुसहरु कोसेलीको रुपमा बोकेर जाने चलन छ । बालबालिका, विरामी, वृद्धवृद्धा र अशक्तहरुलाई उपयुक्त पियपदार्थ भनेर प्रयोग गरिने ती विभिन्न ब्राण्डका जुसहरु खान कति उपयुक्त र गुणस्तरीय छ भन्नेतिर कसैले ध्यान दिएको पाइँदैन ।
वाणिज्य तथा आपूर्ति विभाग र खाद्य तथा गुणनियन्त्रण विभागले पनि आँप, स्याउ, लिची, स्टोवरी, भँुईकटर, सुन्तलालगायत विभिन्न फलफूलको स्वादमा पाइदने जुसहरुको कम्पनी कहाँ छ, त्यसको लागि प्रयोग गरिने कच्चा पदार्थ कत्तिको गुणस्तरीय र खान लायक छ, जुस तयार गरिएको मितिले कति दिनसम्म खान योग्य हुन्छ, म्याद गुज्रेका पेय पदार्थ खाँदा कस्तो रोगको सिकार हुनुपर्छ भन्नेतिर सम्बन्धित निकायको ध्यान जान सकेको छैन । रेडबुलजस्ता पेयपदार्थ बजारमा छ्यापछ्याप्ती छन् । तर सो रेडबुल केबाट बन्छ र कुन पदार्थ प्रयोग गरिन्छ भनेर सम्बन्धित निकाय अनभिज्ञ छ ।
बजारमा भने म्याद नाघेका रेडबुल तथा अन्य पेय पदार्थ सहजै बिक्री भइरहेका छन् रेडबुलसँगै फ्रुटी पनि अधिकांश सर्वसाधारणले बालबच्चदेखि वृद्धवृद्धा र विरोमीहरुलाई सहजै किनेर दिने गर्दछन् । त्योसँगै विभिन्न संघसंस्थाको सेमिनार, गोष्टी र कार्यक्रमहरुमा खाजासँगै पियपदार्थको रुपमा फ्रुटी वितरण गर्ने गरिएको पाइन्छ ।
विभिन्न संघ, संस्था र राजनीतिक पार्टीहरुले आयोजना गरेका कार्यक्रमहरुमा फ्रुटी, रेडबुल र जुस उत्पादक कम्पनीहरुले म्याद सकिएका जुस र फ्रुटीहरु सित्तैमा उपलब्ध गराउने गरेको पाइन्छ । त्यस्ता जुस सेवन गर्नेहरुको स्वास्थ्यमा कस्तो नकारात्मक असर पु¥याउँछ भन्नेतिर कसैले ख्याल गरेको पाइँदैन । यस्ता म्याद नाघेका पेयपदार्थ सेवन गर्नेहरुलाई फुड प्वाइजन हुनुको साथै कतिपयलाई क्यान्सरजस्ता घातक रोग लाग्ने गरेका थुप्रै उदाहरण छन् । अर्कोतिर बालबालिकाहरुले लेज, कुर्मुरे, चाउचाउ, आलु चिप्सलगायतका जङ्क फुड खाने गरेका हुन्छन् । तर, त्यस्ता जङ्क फुडले ती बालबालिकाहरुको स्वास्थ्यमा कस्तो असर गरिरहेको छ भनेर न खाद्य तथा गुणनियन्त्रण विभागले चासो देखाएको हुन्छ न त सम्ब्न्धित निकायले नै ध्यान दिएको पाइन्छ ।

