काठमाडौं । प्रेस चौतारीको नेतृत्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षकै नियन्त्रणमा राख्न काठमाडौँमै लिस्ट तयार बनाइयो ।तर, विराटनगरमा पुगेर वैधता पायो । तोकिएकै समयमा नेतृत्व छनोट भयो, तर माओवादीको प्रेस सेन्टरले ८०४ जना प्रतिनिधिलाई सहभागीहरू ५५१ जनाको छनौटले ११ पदाधिकारी निर्वाचित १६ पदाधिकारी निर्विरोध हुँदा पनि जनयुद्धमा टाउकोमा छर्रा लागेर उपचार नपाएका पूर्व अर्थमन्त्री जनार्दन शर्माका उम्मेदवार दिपेन्द्र रावललाई अध्यक्षमा पत्याएनन् । सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहाल उनकै पक्षमा थिए । उनले पत्रकार महासंघको चुनावमा जन्मदेव जैसीको खुलेर वकालत गर्दा सेन्टरले वरिष्ठ उपाध्यक्ष र महासचिवमा पराजय भोगेकै थियो ।
पार्टी अध्यक्ष प्रचण्डसँग मिल्दै मोहन वैद्यलाई बाइबाइ गरेर आएबापत श्रीमतीलाई समानुपातिक सांसद बनाएका दाहाल पछिल्लो समय अध्यक्षसँग रिसाउनुको कारण सेन्टरका पूर्व अध्यक्ष गोविन्दलाई सचिवालयमा निवर्तमान अध्यक्ष जुगललाई राष्ट्रिय सभा अध्यक्षको प्रेस विज्ञ बनाएको कारण थियो ।
विचारमा स्पष्ट तर षड्यन्त्रमा सफलता हाल यसपटक सेन्टरमा निर्णायक बन्न सकेनन् । लाग्न त ओम शर्मा पनि दिपेन्द्र रावलकै पक्षमा थिए । तर खुला मत माग्न सक्ने अवस्थामा थिएनन् । १७६ मत रावलले ल्याउनुमा कमल गिरी विरोधी मत हुनु हो ।
जनार्दनले विद्यार्थीमा जस्तै काँचुली फेर्न चाहेका थिए । तिनलाई खर्च भने दिएनन् भन्ने कुरा गाइँगुइँ थियो । बासको व्यवस्था नभए पनि सहभागीहरू खुसी थिए । सर्वसम्मत उद्घाटन सत्र लोकप्रिय बन्यो, तर व्यवहारमा ल्याउन निर्वाचन समितिका संयोजक गोविन्द आचार्य संगठनका अध्यक्ष विष्णु सापकोटा निकै लागे । त्यसको परिणाम १६ पदाधिकारी र प्रदेश सचिव अध्यक्ष सदस्य खुला सदस्य अनुशासन आयोग लेखा समिति समेत निर्विरोध भए । तर अध्यक्ष वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, महासचिव, महिला, जनजाति, मधेशी र कोशी प्रदेशका सचिवको चुनाव भयो ।
अध्यक्ष कमल गिरी ३५५, वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी ३९७ महासचिव मनोज घर्ती मगर ३७९, कोषाध्यक्ष वसन्त गिरी ३६५ मत प्राप्त गरेर विजय भएका हुन् । प्रेस सेन्टर भित्र पार्टीका अध्यक्ष प्रचण्डलाई पत्रकारहरूबीच द्वन्द नहोस् भन्ने नै थियो । माओवादी भित्र सत्तामा पुगेपछि भ्रष्टाचार धेरै छन् । अध्यक्ष प्रचण्डमाथि पनि छोरी ज्वाईं प्रेमी भएको बुहारी बिनालाई सुदूरपश्चिमको इन्चार्ज बनाएको आरोप छ । अहिलेको राष्ट्रिय राजनीतिको मियो माओवादी बनेको कारण आफैभित्रको सञ्चार क्षेत्र विवादरहित होस् भन्ने थियो । तर सेन्टरमा दुई चार जना किरा र धमिराले भने ठाउँ पाएका छन् । तिनको पद ठूलो छैन ।

