रजक र महर्जनको परिवारलाई भाटभटेनी सञ्चालक गुरुङद्वारा आर्थिक सहयोगको घोषणा

विविध समाचार

काठमाडौं । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाए दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

आज बुधबार कोटेश्वर भाटभटेनीमा आयोजित कार्यक्रममा उनले एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने घोषणा गरका हुन् । साथै कोटेश्वर भाटभटेनीमा सोही दिन भएको तोडफोड र लुटपाट गर्न आएको समूहसँग प्रतिकार गरेका सुरक्षागार्डहरू सहित अन्य कर्मचारीलाई गुरुङले नगद पुरस्कारबाट सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *