मेडिकल सहायतासहितको २२ सदस्यीय टोली म्यानमारमा

विविध समाचार

काठमाडौं । सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ ।

गत शुक्रबार गएको ७.७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति व्यहोरेको म्यानमारका लागि नेपाली सेनाको टोली हेलिकप्टरमार्फत बुधबार त्यसतर्फ पठाइएको हो ।

टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरूको टोलीले एक साता म्यानमारमा रहेर भूकम्पमा परेर घाइते भएकाहरुको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले बताएको छ ।

समाचार संस्था एएफपीका अनुसार म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९ सय भन्दा बढी घाइते भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *