निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना गर्न असम्भव रहेको छ:अर्थमन्त्री पौडेल

अर्थ/वाणिज्य समाचार

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् । निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न नसक्ने भएकोले उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि सरकार क्रियाशील रहेको उनको भनाइ छ ।
कतिपय सुझाव उपयुक्त भएपनि सम्भव नहुने र कतिपय सभ्व भए पनि उपयुक्त नहुने भन्दै मन्त्री पौडेलले सम्भव र उपयुक्त सुझाव ग्रहण गर्नका लागि सधैं प्रयास गर्ने समेत अर्थमन्त्री पौडेलको भनाई रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *