ताप्लेजुङको मैवाखोलामा तीन लाख ५० हजार बराबरको श्रमदान अभियानमार्फत काठेपुलको निर्माण

विविध समाचार

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ ।

मैवाखोला–४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने भएको छ ।

पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर (मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाउनुको साथै एक लाख ५० हजार बराबरको श्रमदानमार्फत अस्थायी मोटरेवल पुल निर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *