काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् ।
बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल ७० रुपैयाँको उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए। विगत ३० वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आइएको सुविधा खारेज गर्ने निर्णयले किसान मर्कामा पर्ने उनीहरूले बताएका छन्।
चिनीमा विचौलियाहरुको प्रभुत्व कायम रहेपनि सरकारले त्यसको जडसम्म जान नसक्दा नेपालमा उखुको खेती किसानी गर्ने कृषकहरुको भविष्य अन्योलमा रहेको पनि आजको बैठकमा उल्लेख गराएका थिए ।

