राज्य व्यवस्था समितिको जथालमा संघीयमन्त्री

राजनीति समाचार

काठमाडौं । एकातिर प्रधानमन्त्री,राज्य व्यवस्था समितिका सभापतिकै पेलान,अर्काेतिर मन्त्रालयकै कर्मचारीहरुले अटेरी गरेपछि तेहोरो पेलानमा छन्,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता । अहिले मन्त्रालयमा निर्वाचन आयोगबाट ल्याइएका सचिव छन्,रविलाल पन्थ । त्यहाँ उनले निर्वाचन आयोगबाटै ल्याएका उपसचिव छन्,कमल भट्टराई । जो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्ता हुन ।

पछिल्लो समय उनले विचौलियाका इच्छा अनुसार कर्मचारी सरुवा गराउँदै आएको आरोप छ । सचिव पन्थ,उपसचिव भट्टराई र मन्त्रीका निजी सचिव अमित ढुङ्गनाको टिमले मन्त्रीलाई नै गुमराहमा पारेर कर्मचारी सरुवा गर्दै आएको,मन्त्रीको निर्देशन समेत अवज्ञा गर्दै आएको सामान्यकै कर्मचारीहरु बताउँछन् । मन्त्रीका नीजि सचिव ढुङ्गनाले मन्त्रीका गोप्य सूचनाहरु सचिवलाई लिक गर्ने गरेको आरोप मन्त्री निकट कर्मचारीहरु लगाउँछन् । मन्त्री गुप्ताले भनेभन्दा ठीक उल्टो काम यी कर्मचारीले गर्दै आएका छन् । मन्त्री निकट एक कर्मचारीले गुनासो गरेको छन् ।

उता मन्त्री राजुकमार गुप्ताको अर्काे दुख छ,उनलाई राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नटेर्दा उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको खप्की खानु परेको छ । रामहरि खतिवडा नेतृत्वको राज्यव्यवस्था तथा सुशासन समितिले गत २ जेठमा निजामती सेवा विद्येयक पास गरेको थियो । सो विद्येयक आइतबारमात्र प्रतिनिधि सभामा दर्ता गरिएको छ । कार्यसूचीमा उक्त विद्येयक मंगलबार पेश गर्ने तयारी छ । तर यो समाचार तयार पार्दासम्म सदन स्थगित छ,पेश हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सो विद्येयक १८ असार अगाडि ल्याउन चाहेकका छैनन् । कारण विद्येयकमा अवकाशप्राप्त निजामती कर्मचारीलाई अन्यत्र नियुक्ति लिन नपाइने व्यवस्था राखिएको छ ।

र २८ जेठमै सर्वाेच्च अदालतले विभिन्न संवैद्यानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीको हकमा निर्णय सुनाउने समय तोकेको थियो तर फेरि समय २० दिन पर धकेलेको छ,अदालतले । यदी ५२ भाईको हकमा अदलातले ती नियुक्ति बदर गरेको खण्डमा त्यहाँ आफू निकटका कर्मचारीहरु लगेर भर्न चाहन्छन ओली । जस्तो अहिले एमालेको पोलिटव्युरो सदस्य बराबरकै हैसियतमा छन्,एकनारायण अर्याल । उनी अख्तियारमा प्रेम राई पछिका प्रवल दावेदार हुन । यदी अख्तियारका प्रेम राईसहितका टिम,लोकसेवा आयोगमा माधव प्रसाद रेग्मीसहितका पाँच सदस्य,महालेखा परीक्षक लगायतका नियुक्ति खारेजी भएको खण्डमा त्यहाँ कर्मचारीहरु पठाउनु पर्दछ । यदी निजामती विद्येयक प्रतिनिधि सभाबाट पारित भएको खण्डमा अहिले बहालरत कर्मचारीले अबको दुई बर्ष संवैद्यानिक आयोगमा नियुक्ति पाउँदैनन्,त्यही कारण सो विद्येयक रोक्न चाहन्छन्,प्रधानमन्त्री ओली ।

मन्त्री गुप्ता निकट स्रोतका अनुसार सोही कारण सोमबार साँझको क्याबिनेट बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएर हप्काएका हुन ?मन्त्री निकट स्रोतका अनुसार,‘ दुई वर्ष कुलिङ पिरियड कस्का लागि,कस्ले भनेर किन राखियो ? रामहरि खतिवडाको लहडबाजीमा हिँडेर प्रशासन चल्छ ? भन्दै हकारेका थिए । उसो त अहिलेको विद्येयकमा रामहरि खतिवडाहरुले कुलिङ्ग पिरियड राख्नुको पछाडिको मुख्य रुची चाहिँ पूर्व महान्यायधिवक्ता खम्बबहादुर खातीको हो भन्छन्,एकनारायण अर्याल निकटस्थ सूत्रहरु ।

कारण सो विद्येयकमा २ बर्ष कुलिङ्ग पिरियड राख्दा एकनारायण अर्याल अख्तियारको प्रमुख आयुक्त हुनबाट बञ्चित हुन्छन्,अहिलेका बहालवाला अधिकांश कर्मचारीको बाटो छेकिन्छ । त्यहाँ कि त २ बर्ष अगाडि अवकाश पाएका कर्मचारी लगेर भर्नुप¥र्यो वा राजनीतिक तवरबाट नियुक्ति हुने पात्र खोज्नुप¥र्यो । त्यसरी निजामती बाहिरका मान्छै लगिँदा खम्बबहादुर खातीले आफूलाई भावी अख्तियार प्रमुख बन्नका लागि यो चलखेल गरिरहेको एकनारायण निकट सूत्रहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *