एमसीसीलाई अमेरिकी सरकारले निरन्तरता दिने निर्णय,तीन वटा सबस्टेशनको काम भइरहेको

विविध समाचार

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई अमेरिकी सरकारले निरन्तरता दिने भएको छ ।

अमेरिकी सरकारले एमसीए नेपाललाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए नेपालले स्वागत गरेको हो । नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध रहेको एमसीए नेपालले जनाएको छ ।

बुधबार जारी गरेको सूचना अनुसार एमसीए नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेसन (एमसीसी)सँग निकटतापूर्वक काम गरिरहेको छ । एमसीए नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *