नवलपरासीको विनयी खोलामा नयाँ पुल आजदेखि सञ्चालनमा

विविध समाचार

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल आजदेखि सञ्चालनमा आएको छ ।

योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ भने वर्षातको समयमा पनि ज्यानको जोखिम मोलेर आवात जावत गर्ने समस्या केही हदसम्म समाधान भएको छ । पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भएपनि बाढीले बगाउने गरेकोले आवत जावतमा समस्या पर्ने गरेको थियो । डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले समेत सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डले जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *