काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएको भन्दै ठूलो भौतिक क्षति पुर्याएको उल्लेख गरेका छन् ।
उनले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्को पीडामा रहनु भएका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् । साथै प्रधानमन्त्री ओलीले यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको जानकारी दिएका छन् ।

