काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् ।
उनले,‘जतिसुकै संख्या भएपनि माओवादी संस्थापन हो, अरु शक्ति प्रतिपक्ष हुन्’ भनि सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् । अहिले कानूनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि एजेन्डाका हिसाबले माओवादी संस्थापन र अरु दल प्रतिपक्ष भएकोले संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारीक पक्ष माओवादी नै भएको प्रचण्डको विश्लेषण रहेको छ ।
अध्यक्ष दाहालले अहिले कानुनी र संख्याको हिसाबले माओवादी सदनमा तेस्रो स्थानमा भएपनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो भनि जिकीर गरेका छन् ।

