काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषयको बारेमा स्पष्ट पार्न सो पार्टीका सांसद आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले गृहमन्त्री रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेकोले सत्य तथ्य के हो जानकारी गराइदिन सो पार्टीका सांसदहरूलाई आग्रह गरेका हुन् ।
उनले भिजिट भिसामा गएर त्यही देशको ‘सिटिजनसिप’ प्राप्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि गरे । मन्त्री लेखकले भिजिट भिसामा गएर उतैको सिटिजनसिप लिएर बसेका र पछि नेपाल फर्किएका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त नहुने बताएका थिए । साथै गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग जाने मानिसहरू मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै जाने र उनीहरूको भ्रमण सूची पहिला नै मन्त्रिपरिषद् निर्णय अनुसार जानकारी गराइसकिएको बताएका छन् ।
उनले प्रधानमन्त्रीको भ्रमण दलमा गएका को–को फर्किएनन् सूची दिन समेत चुनौती दिएका छन् ।

