जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा बजेट सार्वजनिक,वक्तव्यमा आन्तरिक राजस्वमा ४७ करोडभन्दा बढीको आय अनुमान

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

कार्यपालिका सदस्यहरूबिच बजेट बाँडफाँटमा सहमति भएपछि नियमित समयभन्दा डेढ महिना ढिलोगरी बुधबार उपमहानगरले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । संघीय सरकार र प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ ५६ करोड ८१ लाख ७७ हजार, विशेष अनुदानतर्फ १ करोड ९३ लाख र समपूरक अनुदानतर्फ ६ करोड १२ लाख आय अनुमान गरिनुको साथै उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले समावेशी विकास, पूर्वाधार विस्तार र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उल्लेख गरेका छन् । उनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्तरिक राजस्व (बैंक मौज्दातसहित) ४७ करोड ४० लाखको आय अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *