परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी नेपाली सेनाद्वारा बडी मालिका मन्दिरको पुनर्निर्माण

विविध समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं । सुदूरपश्चिमको बाजुरा जिल्लाको बडी मालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

सुदूरपश्चिमको मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको बाजुरा स्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्य अनुरूप नेपाली सेनाद्वारा चैत्र २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

पुनर्निर्माणको समयमा समेत श्रद्धालु भक्तजनहरूको लागि मन्दिर निरन्तर खुल्ला रहेको सेनाले जनाएको छ ।

त्यस्तै प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन सहित) को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरा स्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको छ ।

रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालिगडहरू र स्थानीयहरूको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब दुई महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *