उपनिर्वाचको लागि दल दर्ता गर्न राजनीतिक दललाई आह्वान, समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश भएको व्यक्ति उमेदवार हुन नपाउने

राजनीति समाचार

काठमाडौं । निर्वाचन आयोगले आगामी हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने निर्वाचनको लागि यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

साथै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्‍न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *