इलामको यातायात कार्यालयमा एक वर्षको अवधिमा १३ करोड भन्दा बढी राजस्व सङ्कलन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

एक वर्षको अवधिमा १३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको हो । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार ६ सय ७८ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *