काठमाडौं । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पानी परेका कारण आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहाव वृद्धि भई १,०९,९८० क्युसेक पुगेकोले नदी आसपासका क्षेत्र सहित नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको जनाएको छ ।

