फिफा महिला वरीयतामा नेपाल १३ स्थान माथि उक्लिदा ऐतिहासिक सफलता हासिल,एसियाली राष्ट्रहरुमा १६ औं स्थानमा

खेलकुद समाचार

काठमाडौं । फिफा महिला वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थान बनाउँदा सफलता हासिल प्राप्त गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ऐतिहासिक सफलता हासिल गरेको हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन् रेकर्डलाई पनि उछिनेर नेपाली महिला टोलीले हालसम्मकै उच्च वरियता हासिल गरेको छ । यसअघि एक सयौं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ ।

नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *