काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव ०८१/८२ मा सानिमा बैंकले नाफामा वृद्धि गरेको छ ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आव ०८०/८१ मा बैंकले यस्तो नाफा २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार गरेको थियो ।
गत आवमा बैंकले ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले यस्तो आम्दानी ६ अर्ब १८ करोड १६ लाख ९७ हजार रुपैयाँ गरेको थियो ।
तथ्यांकअनुसार बैंकको गत वर्षको अन्तिमसम्म कुल खराब कर्जा ३.०१ प्रतिशत रहेको छ, अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा १.७२ प्रतिशत मात्रै रहेको थियो । साथै, गत आवमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ, जुन प्रति सेयर २०।४७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

