रुपन्देही उपचुनाव प्रतिस्पर्धा क–कसको ?

राजनीति समाचार

काठमाडौँ । रूपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनका बारेमा केन्द्रदेखि प्रदेशसम्मको माहोल तातेको छ । चुनाव जित्ने, मन्त्री हुने, आपंmै मोटाउने हिस्टेरिया रोगले ग्रस्त भएका राजनीतिका कारिन्दाहरुलाई लागेको चुनावले रुपन्देही तीनलाई छोएको छैन । तर राजनीतिका ठेकेदारहरुले जनतालाई झुक्याउने मेसो खडा गरेका छन् ।

नेकपा एमालेले कांग्रेस माओवादीको रिसमा राप्रपासँग गठबन्धन गर्दा देशभक्त राष्ट्रवादीको संज्ञा दिएर रूपन्देही ३, झापा ३, नवलपरासी ४, चितवन ३, बाँके २ र मकवानपुर २ मा चुनावी गठबन्धन गरेको थियो । अध्यक्ष ओलीलाई चुनावमा जिताउन झापामा २०७९ मा पनि राप्रपासँग एमाले मिल्यो । जबकि २०७४ मा देशभर वामपन्थी गठबन्धन हुँदा झापा ३ र ४ मा ओली र राजेन्द्र लिङ्देनको गठबन्धनले राप्रपा संसदमा एक सिट पायो ।

आज राप्रपा र एमालेबीच सम्बन्ध राम्रो छैन । सातजना सांसद प्रत्यक्ष चुनिँदा ७ जना समानुपातिक सांसद राप्रपाले पायो । अध्यक्ष ओलीकै साथमा प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्री राजेन्द्र लिङ्देन बने । लिङ्देनले ५ करोड लिएर विवादित ठेकेदार विक्रम पाण्डेलाई पेशा मिल्ने सहरी विकास मन्त्री बनाए । पाण्डे पेशाले ठेकेदार मन्त्रालयकै कालो सूचीमा परेका सांसद हुन् ।

यही मेसोमा रूपन्देही ३ को उपचुनाव हुन दुई महिना २१ दिन बाँकी रहँदा जनता ठग्न सफल दलहरू बीचमा चुनावी चर्चा गर्दै छन् । दीपक बोहरा कोभिडको कारण स्वर दबिए पनि चुनाव जिते । सांसद भएर बितेपछि त्यही क्षेत्रको निर्वाचन हुन लागेको हो । त्यो निर्वाचनमा एमालेका खिमलाल भट्टराई, कांग्रेसका बालकृष्ण खाँड, रास्वपाका सुलभ खरेलको बीचमा प्रतिस्पर्धा हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई ऐन बनाएर लुट्न सफल कांग्रेसको ठाउँ बनेको थियो । तर २०७९ मा माओवादीको गठबन्धनले सघाउँदा एमालेको साथ पाएका दीपक बोहोराले चुनाव जिते । जबकि उनी गृहमन्त्री नै थिए । ठगी काण्डका उनी जेले परेका पात्र हुन् ।

माओवादी त्यो क्षेत्रमा मृत्यु सरह हुँदा मधेसी मोर्चाको एकल उम्मेदवार सम्भव छैन । जनमतले त्यो मोर्चालाई पत्याएन । जनमत एक्लै भिड्दैछ, तर प्रतिस्पर्धा रास्वपा र एमालेकै हुन् स्थानीय बताउँछन् । धेरैले त्यहाँ सत्तापक्ष स्वतन्त्र हुने माओवादीका ५ हजार मत रास्वपालाई दिने अवस्था नआउला भन्न सकिँदैन । किनकि एमाले नेतृत्वले माओवादीभन्दा राजावादी राप्रपा रुचाउँछ । त्यसको फल अहिले पाकिरहेको छ । एमाले र राप्रपाको सम्बन्ध पानी बाराबार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *