गौर हत्याकाण्ड अनुसन्धान गर्न सर्वोच्चको आदेश

विविध समाचार

काठमाडौं । गौर नरसंहारको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएसँगै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरेका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो।
७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *