काठमाडौं । सरकार बनेको एक वर्षको अवधिमा अधिकांश मन्त्रीहरुले लक्ष्यअनुसारको प्रगति गर्न नसकेको खुलासा भएको छ । आर्थिक वर्ष ०८१÷८२ मा अधिकांश मन्त्रालयहरुले कार्यसम्पादन राम्रोसँग गर्न नसकेको देखिन्छ । आर्थिक समृद्धि र कार्यसम्पदनमा लक्ष्यअनुसारको काम गर्न नसके पछि मन्त्रीहरुको बदनाम हुन थालेको छ ।
त्यसले गर्दा कांग्रेस र एमालेका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको अनुमान गर्न सकिन्छ । सरकारले शिक्षा, स्वास्थ्य, भौतिक, गृहजस्ता मन्त्रालयमा बढी बजेट छुट्याउने गरेको छ । ती मन्त्रालयको प्रगति विवरण हेर्दा बजेट खर्च भएअनुसार सन्तोजनक देखिँदैन । उता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अन्य मन्त्रालयभन्दा बढी बजेट छुट्याइएको हुन्छ । बजेट बढी छुट्याइए तापनि भौतिक मन्त्रालयले राष्ट्रिय गौरबका सडक आयोजनादेखि विभिन्न विकास निर्माणका काममा ढिलासुस्ती हुँदै आएको छ । मन्त्रीको ध्यान कमाउन मै व्यस्त छ ।
त्यसको उदाहरण लिन सकिन्छ सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई महानिर्देशक बाट हटाएर डा. विजय जैसीलाई महानिर्देशक बनाएका थिए । महानिर्देशक पोखरेललाई वर्षदिन नपुग्दै हटाएर डा. बिजय जैसीलाई गत जेठ १२ गते सडक विभागको महानिर्देशकमा नियुक्ति गरिएको थियो । जैसीलाई नियुक्ति गर्न एमाले निकट कर्मचारी विनोद भट्टराईले खेलो फड्को गरेका थिए । भट्टराई उत्तर–दक्षिण कोरिडोरको सडक निर्देशनालयका प्रमुख हुन् । भट्टराई र अर्का इन्जिनियर प्रभात झाको हात रहेको छ । भट्टराई र झाको डिजाइनमा डा. बिजय जैसीलाई सडक विभागको महानिर्देशक बनाइएको थियो । सिद्धबाबा सुरुङ मार्गको निर्माणमा ४५ करोड बजेट बाँकी हुँदै कामको प्रगतिको हिसाबले म्याद थप्ने र लागत बढाउने गरी खेलोफड्को भएको थियो ।
त्यसमा उनै महानिर्देशक जैसीलाई प्रयोग गरेर मन्त्री देवेन्द्र दाहालले ठूलो धनराशी हात पारेका थिए । जैसी महानिर्देशक बनेपछि भौतिक मन्त्रालयको अधिकांश कामहरु तिनै भट्टराई र प्रभात झाको इसारामा हुने गर्दछ । झा प्राविधिक क्षेत्रमा राम्रो ज्ञान भएका कर्मचारी हुन् । ज्ञान भएसँगै झा अधिकांश ठूला राष्ट्रिय गौरवका आयोजनाहरुको स्टेट्मेन्ट गर्ने र लागत बढाउने खेलोमा माहिर छन् । सडक विभागमा जति पनि कर्मचारीहरु छन् झाकै इसारामा चल्ने गरेका छन् । झा भौतिकमा बसेर अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारीमा पर्दछन् । उनै झा र विनोद भट्टराईले जैसीलाई महानिर्देशक बनाएका थिए । जैसी भौतिक क्षेत्रको ज्ञान नभएका महानिर्देशक हुन् । उनी भौतिक विभागबाहेक सडक डिभिजन र आयोजनाहरुमा बसेका छैनन् । उनलाई प्राविधिक ज्ञान पनि छैन ।
प्राविधिक ज्ञान नभएपछि ठूला आयोजनादेखि विभिन्न ठेक्कापट्टामा आउने कमिसन बटुल्न सजिलो हुने भएकाले जैसीलाई महानिर्देशक बनाइएको सडक विभागतिर चर्चा छ । जेसी मन्त्री र सचिवभन्दा तिनै झा र भट्टराईको इसारामा चल्ने गर्छन् । महानिर्देशक जैसी झा र भट्टराईको इसाराबिना फाइल नै स्वीकृति नगर्ने स्रोतले उल्लेख गरेको छ ।
झा र भट्टराई दुवैले सधैं शक्तिकेन्द्रलाई रिझाएर ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनामा बसेर अकुत सम्पत्ति आर्जन गरेका व्यक्ति हुन् । यिनै दुई व्यक्तिका कारण भौतिकमा पटक–पटक महानिर्देशक र आयोजना प्रमुखहरु परिवर्तन भइहरन्छन् । त्यसले गर्दा भौतिक पूर्वाधारका कामहरु सरकारको मूल्याङ्कनमा कमजोर हुन पुगेको देखिन्छ ।

