काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनभित्र व्यापक असन्तुष्टि बढेको छ । संगठनका नेताहरुले कर्मचारी सरुवामा अग्रिम घुस लिएर सरुवा नगरेको विषयलाई लिएर संगठनभित्र असन्तुष्टि बढेको छ । त्यसको उदाहरण लिन सकिन्छ ललितपुर मालपोत कार्यालयमा कार्यरत अधिकृत श्रेष्ठ थरका कर्मचारी गृह मन्त्रालयमा श्रेष्ठको सरुवा भएको थियो ।
उनी गृहबाट भूमि शहकारी तथा गरिबी मन्त्रालयमा आउनको लागि सामान्यप्रशासन मन्त्रालयका चल्तापुर्ता सुब्बा रामचन्द्र अधिकारीलाई ५ लाख भेटी बुझाएको चर्चा सामान्य मन्त्रालयमा चल्ने गरेको छ । श्रेष्ठसँग ५ लाख रुपैयाँ घुस लिएपछि महासचिव आरसीले पनि श्रेष्ठको सरुवाको लागि भूमि सचिवसँग हारगुहार गरेका थिए । तर गृह मन्त्रालयमा सरुवा भएको वर्ष दिन पनि नपुगेकाले भूमिमा सरुवा गर्न नमिल्ने भनेर भूमि सचिव शर्माले भनेपछि महासचिव आरसीलाई श्रेष्ठले दिएको ५ लाख अग्रिम घुस पचाउन धौ–धौ परिरहेको स्रोतको दावी छ ।
यो त एउटा उदाहरण मात्रै हो । कर्मचारी नेताहरुले सरुवा, बढुवाको नाममा घुस खाने र अन्य काण्ड गर्ने त कति छन् कति । अन्य संगठनबाट एमाले निकट कर्मचारी संगठनमा आएका कर्मचारीहरुबाट पनि त्यत्तिकै असुली धन्दा चलाइरहेका छन् । महासचिव अधिकारीले असुली धन्दा मात्रै चलाएका छैनन् अन्य दलबाट आएका कर्मचारीहरुलाई कसैलाई लाखा, कसैलाई पाखा गर्ने गरेको गुनासो त्यत्तिकै छ । कर्मचारी संगठनका अधिकांश पदाधिकारीहरुले संगठनको आडमा सोर्सफोर्स नभएका र पैसा खर्च गर्न नसक्ने कर्मचारीको सुनुवाइ नहुने र सोर्सफोर्स र पैसा खर्च गर्ने कर्मचारीहरुलाई मालदार ठाउँमा पठाउने गरेको पीडित कर्मचारीहरुले गुनासो गरेका छन् ।
मन्त्रालयमा उप–सचिव र सह–सचिवहरु लामो समयदेखि बरन्डामा थन्किएर गाडीको सेवासुविधा नपाई पठाओ र सार्वजनिक गाडीमा हिडडुल गर्दछन् भने नासु अधिकारीले ५३२१ नम्बरको गाडी चढ्दै आएका थिए । अहिले उक्त गाडी भुवनेश्वर लामिछानेले प्रयोग गर्ने गरेका छन् । तर, नासु अधिकारीले ६४०४ नाम्बरको गाडी चढेर सानदार हिड्ने गरेका छन् ।

