पुर्व मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावेदन

विविध समाचार

काठमाडौं । अख्तियारल पुर्व मुख्यसचिव डा.बैकुण्ठ अर्यालसमेत रहेको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाईं गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाको पुनरावेदन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरक्षण मुद्रण केन्द्रले अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी कार्य गराउँदा सोमा संलग्न सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा.बैकुण्ठ अर्याल समेतका १२ जना प्रतिवादीविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले २०८१ मङ्सिर १३ गतेको फैसलाबाट केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादीलाई सफाई दिएकोले सो फैसला चित्त नबुझी भदौ ८ गते आईतबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *