मेगा इन्भेष्टमेन्टसँगै नबिल बैंक पनि धरायसी बन्दै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । निजी क्षेत्रबाट खोलिएका बैंक तथा वितीय संस्थाहरु केही समय अगाडि आएर मर्ज भएका थिए । मर्ज भएका अधिकांश बैंकहरु पछिल्लो समय तहसनहस हुँदै गएका छन् । त्यसको उदाहरण लिन सकिन्छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई । इन्भेष्टमेन्ट मेगाले २०७६ सालको कोरोनाकाल देखि यता शेयर धनीहरुलाई लाभाशं दिएको छैन । लाभाशसँगै बोनस समेत नपाएर शेयर धनीहरु आफ्नो शेयर निकाल्नेकी राखि रहने भन्ने दोधारमा परिरहेका छन् । त्यसैगरी बैंकले धितोमा राखेको घरजग्गाको लिलामी बिक्री भएको छैन ।

बैंकले धितोमा राखेक अधिकांश जग्गाहरु पाखो र भिर पहिरो जाने ठाउँको जग्गा धितोमा राखिएको कारण उक्त जग्गा लिलामी बिक्री हुन सकेको छैन । मेगा बैंकले दिएको ऋणपनि उठाउन सकेको छैन । बैंकलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई जबरजस्ती नाफामा देखाएर शेयर धनी र सर्वसाधारण जनतालाई भ्रममा पार्ने काम गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका काला कर्तुतहरु नेपाल राष्ट्र बैंकले ढाकछोप गर्दै आएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको जतिपनि काला कर्तुतहरु लुकाउनको लागि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले करोडौं खर्च गरेको एक शेयर धनीले उल्लेख गरेका छन् । अर्को तर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपाल सरकार अन्तर्गत विभिन्न सरकारी कार्यालयहरुले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा रहेको पैसा पनि जोखिममा पर्ने सम्भावना हुँदै गएको एक उच्च तहका कर्मचारीले तामाकोशी सन्देशलाई बताएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जोखिममा पर्नुको कारण कर्जा नउठ्नु, धितोमा राखिएको घर,जग्गा लिलामी नहुनु, दुबै बैंकका कर्मचारीहरुको वृद्वि, विकाससँगै कर्मचारीको प्रमोशन नहुनुसँगै कांग्रेस र एमाले कर्मचारीबीचको झगडाले गर्दा नेपाल इन्भेष्टमेन्ट बैंक जोखिममा पर्दै गएको बताइन्छ । अर्कोतर्फ सर्वैसर्व ठूलो हुँ भनेर दाबी गर्ने नविल बैंकको हालत पनि खस्कदै गएको छ । नविल बैंकले पनि धितो लिलामी सूचना दिनै जसो सार्वजनिक गरेको छ । सो बैंकको पनि धितो लिलामी बिक्री हुन सकेको छैन ।धितो लिलामी बिक्री नभएसँगै कर्जापनि उठाउन सकेको छैन । नविल बैंकका सिइओ मनोज ज्ञवालीको कथा छुट्टै छ ।

उनी ज्ञवालीले बैंकबाट तीन करोड तलब खाएसँगै नेपाल सरकारका मुख्यसचिवको भन्दा मेरो ड्राइभरको तलब धेरै छ,भनेर फुर्ती लगाउँछन् । तर, बैंकको हालत भने दिनप्रतिदिन खस्किँदै गएको छ । नविल बैंकले पनि ऋण उठाउन नसकेर हैरानी खेप्दै गएको छ । एकातिर ऋण उठाउन सकेको छैन अर्कोतिर लगानी गर्न सकेको छैन । लगानी गर्न नसकेर बैंकमा पैसा थुप्रिएको छ । भएको लगानी पनि विनोद चौधरीको निग्रानीमा रहेको छ । त्यसले गर्दा निजी क्षेत्रबाट सञ्चालित बैंकहरु विस्तारै धरासायी नबनाउनु भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *