कोइराला परिवारमा फुट ल्याउँदै देउवा

राजनीति समाचार

काठमाडौं । कांग्रेसको लिगेसी ठानिएका कोइरालाहरू फुटाएर पार्टीको १५औं महाधिवेशनमा आफ्नो टिमलाई नेतृत्व सम्पन्न खोजेका सभापति शेरबहादुर देउवाको शरणमा परेका कांग्रेसीहरूको हरिबिजोग हुने भएको छ । सुषुप्त अवस्थामा आफ्नो गुट चलाएका कृष्ण सिटौला, कोशीमा उद्धव थापा, बागमतीमा कुन्दराज काफ्लेलाई सांसद बनाएकै छन् । गण्डकी प्रदेशबाट चुनाव जित्न ठाउँ नपाएका प्रदीप पौडेललाई काठमाडौँ ५ बाट सांसद र स्वास्थ्यमन्त्री बनाएकै छन् ।

तर गोपालमान श्रेष्ठ बिमलेन्द्र निधिको तागत यहाँ छैन । आफूलाई रसादी पानी व्यवस्था गर्ने दीपक खड्कालाई ऊर्जामन्त्री बनाएर डा. शशांक कोइरालाले राज्य लुटिरहँदा डा. शेखर कोइरालालाई महाधिवेशनमा सहयोग नगर्ने निर्णयमा पुगेका छन् । सभापति देउवाको टोलीले कोइराला क्याम्प फुटाउन सकेको खण्डमा सभापति पदमा पूर्णबहादुर खड्कालाई अगाडि सार्ने अवस्था छ । देउवाको आशिर्वाद लिन गगन थापाको चाकडी डा.आरजु राणाकै सेवामा छ । थापा सहकारी ठग उपसभापति धनराज गुरुङका बारेमा बोल्दैनन् । विगतमा उनी पनि त्यही टिममा थिए ।

कांग्रेसमा तोकिएको समयमा महाधिवेशन पनि हुँदैन । प्रतिनिधिले स्वार्थमा भोट दिने र नेता छान्ने गर्दछन् । डन स्वभावका शंकर भण्डारी, मोहन बस्नेत गणेश लामाहरू एक ठाउँमा हुन्छन् भने ललितपुरका मिनकृष्ण महर्जन र देउवाको केही समय अगाडिको भेट आफैमा शंकास्पद थियो । जोसुकै नेता भएपनि तिनको स्वार्थ आफ्नै छ । देश र जनताका कुरा चुनावमा गर्ने हो, सत्ता पाउँदा आफ्नै गुटलाई बलियो बनाउने हो भन्ने कुरा पनि अहिले मन्त्रीहरूले चलाएको लुटले देखाएको छ ।

सबैलाई मिलाएर मन्त्री पद बाँडेका देउवाले राष्ट्रपतिको कोटा पनि दिए । डा. शशांक, डा.शेखर, कृष्ण सिटौला, प्रकाशमान सम्मलाई मिलाउँदा मधेसमा कांग्रेस जगाउने स्व. महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र निधिलाई सांसद बनाए । तर उनको कोटाका मन्त्री दिएका छैनन् । अहिले उनको ध्यान आफु पार्टीबाट हटेका दिन श्रीमती आरजुको हालत गिरिजापछि सुजाताको जस्तो नहोस् भन्नेमै केन्द्रित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *