काठमाडौं । संघीय निजामती ऐन जारी हुने नहुने अझै निश्चित भएको छैन ।
संघीय निजामती ऐन जारी भएको खण्डमा मुख्यसचिव एकनारायण अर्यालयको जागिरे अवधि एक वर्ष थप हुने छ । उता भावी मुख्यसचिव बन्नलाई दौडधूप गरिरहेका गृहसचिव गोकर्णमणि दुवाडी र डा. कृष्णहरि पुस्कर कर्णको सपना चकनाचुर हुने भएको छ । मुख्यसचिव अर्यालको अगाडि तत्कालीन सचिवदेखि हालका सचिवहरुले प्रतिस्पर्धा गर्ने हैसियत राख्न सकेका छैनन् ।
अर्यालय जागिरे अवधिदेखि नै निजामती क्षेत्रमा एक मात्रै चल्तापुर्ता र चलाख कर्मचारीमा गनिन्छन् । चलाख मात्र छैनन् खान, खुवाउन र चाकडी चाप्लुसीमा पनि त्यत्तिकै खप्पिस छन् । अर्यालले राज्य व्यवस्था समितिका कर्मचारीहुँदै संसद सचिवालयदेखि र प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई समेत गुमराहमा पारेर संघीय निजामती ऐन र ‘कुलिङ पिरियड’मा चलखेल गरेका थिए ।
मुख्यसचिव अर्यालयकै कारण राज्य व्यवस्था समितिका तत्कालीन सभापति रामहरि खतिवडा राजीनामा दिन वाध्य भएका थिए । अहिले तिनै अर्याल राज्य व्यवस्था समितिमा नयाँ सभापति इश्वरीदेबी न्यौपाने आएपछि निजामती ऐन ल्याउन न्यौपानेलाई प्रयोग गरेका छन् । अर्याल मरिमेटेर लागिपर्नुको कारण उनको जागिरे अवधि अरु एक वर्ष थपिनु हो । यदि निजामती ऐन जारी नहुने हो भने २२ सय हाराहारी कर्मचारी उमेर हदको कारण अवकासमा जाँदैछन् ।
निजी ऐन जारी भएको खण्डमा ती २२ सय कर्मचारी उथावत रहने छन् । भने अर्कोतिर लोकसेवा आयोगले ६ हजारभन्दा बढी कर्मचारी भर्ना गर्न पाउने अवस्था छैन । त्यसले गर्दा देशमा नयाँ जनशक्ति शिक्षित युवायुवतीहरु बेरोजगार भएर विदेशीने छन् । तर, मुख्य सचिव अर्यालले आफुलाई फाइदा हुनेगरी निजामती ऐन लागू गर्न उमेर हद ५८ वर्षलाई ५९ र ६० बनाउन संघीय भगवती न्यौपानेलाई समेत गुमराहमा पार्दै राज्यमाथि खेलवाड गरिरहेका छन् ।
अर्यालले जागिरे अवधि नथपिनु अगाडि नै आफ्ना आसेपासेलाई मालदार अड्डामा खटाई सेटिङमा करोडौं असुली धन्दा चाइरहेका छन् भने अर्यालको जागिरे अवधी एक वर्ष थपिँदा कति उठाउने हुन् त्यसको कुनै लेखाजोखा छैन । त्यसको उदाहरण लिन सकिन्छ अर्यालका आफन्त बाबुलाल रेग्मीलाई । रेग्मीले ८÷१० वर्ष अगाडि यातायात कार्यालय एकान्त कुनामा कार्यरत रहँदा सवारी लाइसेनमा घोटाला गरी कोटेश्वरमा आलिसान महल खडा गरेका थिए ।
यातायात कार्यालयमा व्यापक भ्रष्टाचार र अनियमितता गरेर आर्जन गरेको पैसाले कोटेश्वरमा भव्य महल ठड्याएपछि रेग्मीको विरुद्वमा अख्तियारले छानबिन गरेको थियो । अख्तियारले भ्रष्टाचार गरेको ठहर गरेपछि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । रेग्मीले साम, दाम दण्डभेद प्रगोग गरी विशेष अदालतबाट मुद्दाबाट सफाइ पाएपछि फेरि नेपाल सरकारको विभिन्न मालदार अड्डामा डेरा जमाउन पुगेका थिए ।
त्योसँगै आठ/दश महिना अगाडि अध्यागमन कार्यालय एयरपोर्टमा पुग्न सफल भएका थिए । एयरपोर्टमा भिजिट भिषालगायत विभिन्न अवैध कारोबारमा मुछिने डरले अत्तालिएर उनै मुख्यसचिव अर्याललाई प्रयोग गरी पर्साको सहायक सिडिओ हुन पुगेका थिए । रेग्मी पर्साको सहायक सिडिओबाट फिर्ता भएसँगै उनै मुख्य सचिव एकनारायण अर्यालको सरणमा पुगि सोर्सफोर्समा वीरगञ्ज कारागार व्यवस्थापनमा पुगेका छन् ।
रेग्मीकी श्रीमती भेषकुमारी चौलागाईं पनि एक सरकारी कार्यालयको नासुमा कार्यरत छिन् । रेग्मी र उनकी श्रीमती भेषकुमारी चौलागाईं रेग्मीको बैंक खाता चेक गर्ने हो भने अर्बौं रुपैयाँ जम्मा भएको पाइने कर्मचारी स्रोतले उल्लेख गरेको छ । रेग्मीलगायत विभिन्न भ्रष्ट चरित्रका कर्मचारीलाई मालदार ठाउँमा सेटिङ गरेर मुख्यसचिव अर्यालले अकुत सम्पत्ति आर्जन गर्न सफल भएको स्रोतको दावी छ । अर्याल सम्पत्ति जोड्न मात्रै सफल भएका छैनन्, निजामती कर्मचारीमा समेत एकछत्र राज गरेर कर्मचारीभित्र भाडभैलो ल्याउने कर्मचारीमा गनिएको कर्मचारीहरु नै बताउ छन् ।

