काठमाडौं । मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।
हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शनका कारण पुर्व–पश्चिम राजमार्ग अवरुद्व भएको हो । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले हेटौंडाको मुख्य बजार क्षेत्रमा भएको छुट्टाछुट्टै समूह प्रदर्शनमा सुरक्षमा व्यवस्था कडा बनाएको छ ।

