श्रेष्ठको रास्वपा छोड्ने घोषणा

राजनीति समाचार


काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा आफ्नो ह्वाट्स एप ग्रुपमार्फत् जानकारी गराएकी छिन् ।

आईतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा उनले यस्तो घोषणा गरेकी हुन् । पूर्व शिक्षा मन्त्री समेत रहेकी श्रेष्ठले पार्टी छोड्नुको तीनवटा मुख्य कारण रहेको कुरा समेत स्पष्ट पारेकी छिन् ।

सुमनाले ग्रुपमा आफूमाथि मिडिया ट्रायल गरेको,आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । सुमना यसअघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *