संघीयमा कर्मचारी सरुवा रोकिँदा भीमकान्त र पराजुलीको ओठतालु सुक्दै

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकार चौध महिनामै जेनजी पुस्ताको आन्दोलनले ढल्न पुगेको छ । सरकार ढलेसँगै राजनीतिक दल निकट कर्मचारीहरु अहिले अलपत्र पर्न थालेका छन् । जेनजी पुस्ताको आडमा बनेको नागरिक सरकारले महिनादिन पार गरिसक्दा पनि नियमित हुने कर्मचारी सरुवा गर्न सकेको छैन । तत्कालीन सरकारले सरुवा गरेका कर्मचारीहरु पनि अलपत्र परिराखेका छन् ।

यतिबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अर्थमन्त्री रामेश्वर खनालले सम्हालेका छन् । अर्थमन्त्रीले आर्थिक जुटाउने चटारोले गर्दा संघीय मन्त्रालयमा ध्यान दिन पाएका छैनन् । मन्त्री खनालले सामान्यले गर्ने नियमित कर्मचारी सरुवा पनि रोकेका छन् । सरुवा रोकेकै कारण कतिपय कर्मचारीहरुले त जागिर छाड्ने मनस्थिति बनाउन थालेका छन् ।

तत्कालीन सरकारले सरुवा गरेका उप–सचिव र नासुहरुको पनि विचल्ली हुन थालेको छ । कर्मचारी सरुवाको सिजनमा सरकार परिवर्तन भएपछि दलनिकट कर्मचारीहरु अलमलमा परेका छन् । सामान्यमा भने रैथाले कर्मचारीहरुको हालीमुहाली चलिरहेको छ । सामान्य मन्त्रालयमा यतिबेला उसचिव भीमकान्त पौडेल, नासु उपमेश पराजुलीको दादागिरी चलिरहेको बताइन्छ ।

नासु पराजुलीले संघीय मन्त्रालयमा बसेर कर्मचारीको गोप्य डकुमेन्टहरु केरमेट गर्ने, सरुवाको पत्र लुकाउने, आफ्ना आसेपासेलाई मालदार ठाउँमा खटाउने, एमालेका नेतासँगै कर्मचारी संगठनका अध्यक्ष र महासचिवलाई प्रयोग गर्दै कर्मचारी सरुवाबाट पैसा असुल्ने गरेको पीडित कर्मचारीहरुले गुनासो गरेका छन् । सो गुनासो आएपछि तामाकोशीका प्रवन्ध सम्पादकले ९८५१०६४२३३ मा सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । तामाकोशी तामाकोशीका प्रवन्ध सम्पादक, केही पत्रकार साथीहरु र कर्मचारी पशुपति पोखरेलसहित कांग्रेस संसदीय दलको क्यान्टिनमा खाजा खान प्रवेश गर्दा उनै नासु पराजुली पनि त्यही मोही पिइरहेको भेटिएका थिए ।

तामाकोशीका प्रवन्ध सम्पादकलाई देख्नेबित्तिकै पराजुलीले ‘त्यो तामाकोशी सन्देशले मेराविरुद्ध जुतिसुकै समाचार लेखेपनि मेरो केही हल्लिँदैन भन्दै चर्किन थाले । पराजुली चर्किएपछि क्यान्टिममा खाजा खाने अन्य कर्मचारीहरु मुखामुख गर्न थाले । त्यसपछि पराजुली त्यहाँबाट उठेर तामाकोशी सन्देशले सामान्य प्रशासन, मुख्यसचिव र कर्मचारी संगठनका महासचिव आरसी अधिकारीको समाचार जति लेखेपनि केही हुनेवाला छैन, जेनजीहरुले त हामीलाई केही गर्न सकेन भने जाबो तामाकोशीले समाचार लेखेर हुनेवाला केही छैन भन्दै क्यान्टिनबाट बाहिरिँदै भनेका थिए, ‘अझै लेख्ने हो भने मेरो तलबाट मासिक २५ हजार दिन्छु लेख्न नछोड्नु । यस्ता बाजा पत्रकारले लेखेर यो देशमा केही हुनेवाला छैन ।

संघीय मन्त्रालयमा नासु पराजुलीको हर्कले अधिकांश कर्मचारीहरु रुष्ट बनेको बताइन्छ । उनी लामो समयदेखि संघीय मन्त्रालयमा बसेर कम्प्युटर अपरेटरको काम गर्दै आएका छन् । कम्प्युटर अपरेटर भएकाले उनलाई कुन कर्मचारी डकुमेन्ट कहाँ छ भन्ने कुरा राम्रो ज्ञान छ । आफूलाई मन परेको र ठूला प्रशासकहरुको चाहेको बेलामा तुरुन्तै डकुमेन्ट उपलब्ध गराउने र आफूलाई मन नपरेको इमानदार कर्मचारीहरुको डकुमेन्ट गायब पार्ने काम गर्दै आएको पीडित कर्मचारीले तामाकोशीका प्रवन्ध सम्पादकलाई नाम नछाप्ने शर्तमा बताएका छन् । उनी नासु भएको ११ वर्ष पुगिसकेको छ । संघीय मन्त्रालयमै बसेको ८ वर्ष हाराहारी भइसकेको बताइन्छ । पराजुी संघीय मन्त्रालयमा बसेर स्थानीय, प्रदेशमा मालदार अड्डका कर्मचारीलाई रिझाएर आफू मोटाउने काम गरेको पनि बताइन्छ ।

त्यस्तै अर्का उपसचिव छन् भीमकान्त पौडेल । पौडेलको हर्कत पनि नासु पराजुलीकोभन्दा कम छैन । भीमकान्त पनि स्थानीय तहका मालदार हड्डामा कर्मचारी सरुवा बढुवामा खेल्दै आएका माहिर खेलाडी हुन् । उनै उपसचिव भीमले स्थानीय तहमा कर्मचारी सरुवा गर्दा मोटो रकम उठाउने गर्दै आएका व्यत्ति m हुन् । कर्मचारी सरुवाबाट असुलेको पैसा मन्त्री, सचिव र कर्मचारी संगठनका नेताहरु बाड्दै आएको बताइन्छ । शुशिला कार्की नेतृत्वको नागरिक सरकार बनेपछि नियमित सरुवा रोकिँदा कर्मचारी सरुवामा उठ्ती धन्दा रोकिएको छ । त्यसले गर्दा भीमकान्तको ओठतालु सुक्न थालेको कर्मचारी स्रोतले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *