काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीमा फर्कन गरेको आवह्वान लत्याउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित बहुमत नेता माओवादीसँग पार्टी बिलय गराउन तयार हुँदा वरिष्ठ नेता झलनाथ खनालले विद्रोह गरेका छन् । आफै कमजोर नेताले एकता अस्वीकार गर्नु नौलो होइन । जो कमजोर छ उसको ढुलमुले तर्कले कार्यकर्ता अलमलमा पर्ने अवस्था अब छैन ।
जेनजी आन्दोलनले ल्याएको हल्लाले कांग्रेस सभापतिले पद त्यागे, माओवादीले मंसिरमा महाधिवेशन गर्ने भन्यो । प्रचण्ड संयोजक भए । तर, एमालेले त्यसलाई चासो दिएन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पद त्योगेनन् । उनीमाथि त पतन्जलीको जग्गा प्रकरण काण्ड लागेर ३५ लाख धरौटीमा छुटेका छन् ।
एकीकृतको केन्द्रीय समितिमा एकता वार्ता समितिले विचार मिल्नेसँग र कार्यक्रम मिल्नेसँग भावनात्मक एकता हुन्छ भनियो । तर, विरोधमा देखिए झलनाथ र घनश्याम । उनीहरुसँग घनेन्द्र बस्नेत गणनायोग्य छन् । राम कुमारी झाक्री एमालेमै जान सुट्टा उचाल्ने नेता हुन् । झलनाथ संरक्षक भूषाल अध्यक्ष बनेर एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने उनीहरुको तयारी छ ।
संसदीय अभ्यासमा लागेका दलले चुनाव लड्ने र चुनाव जित्ने उद्देश्य हुन्छ । झलनाथले उपचुनावमै आफ्नो शक्ति देखाएका थिए । अरुसँगै मिल्न दिएनन् । जित बहादुर राईलाई उम्मेदवार बनाउँदा २४० भोट पाए । खनालको वडामा एकीकृत समाजवादीले आठ मत पायो । केन्द्रमा नेता धेरै जिल्लामा कार्यकर्ता छैनन् । माधवलाई ओलीसँग समाजवादी मिलाउन मन भएन ।
विचार र सिद्धान्तको लडाईँ होइन, नेताको पद जोगाउने प्रतिस्पर्धामा भएको र हुने एकताले राष्ट्रमा कुनै तरंग आउँदैन । माओवादीसँग मिल्न नचाहेका नेत्रविक्रम चन्द एमाले अध्यक्ष ओली, झलनाथ खनाललाई भेट्दै हिँडेका छन् । उनको त्यो दौडधूप पार्टी सचिवालय बैठकमा चर्को रुपमा उठ्यो । तर, चन्दले पूर्व सहमति तोड्न छोडेनन् । त्यो पार्टीबाट पनि चरण बुढाहरु विद्रोही बनेका छन् । एमालेमा युवाहरुलाई स्थान दिने गरी महाधिवेशन तयारी हुँदै छ । माओवादी जेनजी विद्रोहको पहिलो समर्थक बन्दा एकीकृमा भ्रष्टाचारका आरोपी त अध्यक्षले पद त्याग्न नमान्दा धेरै विवाद भएको थियो ।

