मेयर शाहको भूमिका दिनप्रतिदिन संकास्पद बन्दै

राजनीति समाचार

काठमाडौं । स्वतन्त्रबाट निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापन गरेजस्तो गरेर सर्वसाधारण जनताको आँखामा छारो हाल्ने काम गर्दै आएका थिए । तर, अहिले आएर न फोहोर व्यवस्थापनलाई दीर्घकालीन रुपमा पार लगाउन सके, न त सिंहदरबारको रक्षा नै गर्न सके । कुनै बेला काठमाडौंवासीले मेयर शाहले राम्रो काम गरेर देखाउँछन् कि भन्ने आशा गरेका थिए । तर, अहिले आएर काठमाडौंवासीको आशा निराशामा परिणत भएको छ ।

मेयर शाहकै कारण गत भदौ २४ गतेको आन्दोलनले सिंहदरबार जलाउनुको साथै राजनीतिक दलका पार्टी कार्यालय र निजी निवाससमेत आगजनी र तोडफोड हुन पुगेको थियो । आफ्नो नगरपालिकाभित्र रहेको सिंहदरबारलगायतका भौतिक संरचनामाथि आगलागी हुँदासमेत निभाउने प्रयास गरेनन् । त्यसले गर्दा मेयर शाहप्रति सर्वसाधारण सशंकित बन्न पुगेका छन् ।

सर्वसाधारण जनताले बालेन शाहको पछिल्लो गतिविधिप्रति शंका गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाकै सिफारिसमा करिव पाँच सयभन्दा बढी तिब्बतीहरुलाई नेपाली नागरिकता वितरण गरेको सामाजिक सञ्जालमा देख्न पाइन्छ । उपत्यकाभित्र रहेका हरेक गुम्बाहरुमा तिब्बतीयनहरुले डेरा जमाइरहेका छन् । ती गुम्बाहरुमा व्यापार गर्ने नाममा लागु औषधि कारोबारदेखि यौनधन्दासमेत फस्टाएको स्रोतले उल्लेख गरेको छ । ठमेलका अधिकांश गल्लीहरुमा विभिन्न शंकास्पद गतिविधि भइरहँदा पनि सुरक्षा निकायले ध्यान दिन सकेको छैन ।

त्योसँगै स्थानीय सरकारले पनि तिब्बतीयनहरुको गतिविधिप्रति ध्यान दिन सकेको छैन । उल्टै काठमाडौं महानगरपालिकाको सिफारिसमा वडा तहका कर्मचारीहरुसँग सेटिङ मिलाएर तिब्बतीयनहरुलाई नेपाली नागरिकता वितरण गरिएको सामाजिक सञ्जालमा समाचार भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा यस्ता सन्देशहरु भाइरल भइरहँदा पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।

महानगरपालिकाले जथाभावी कर असुली गरेर साना व्यापारी र उद्योगीहरुलाई आतंकित बनाउने काम गर्दै आएको छ । मेयर शाहले केही युटुबर पालेर आफ्नो गुनागान गर्न लगाउने र काठमाडौंको फोहोर व्यवस्थापन गरेको देखाएर सर्वसाधारणलाई झुक्याउने काम गर्दै आएका थिए । उता, काठमाडौैंको फोहोरले बञ्चरेडाँडाका सर्वसाधारणको स्वास्थ्यमाथि व्यापक असर पु¥याउन थालेपछि सर्वसाधारण सचेत हुन थालेका छन् । २०७९ सालको स्थानीय निर्वाचनको बेला काठमाडौंको मेयरमा उम्मेदवार बनेका शाहले भोट बटुल्नको लागि उपत्यकाको फोहोरबाट बिजुली र मल उत्पादन गर्ने महत्वकांशी भाषण गरेका थिए ।

शाहको त्यो भाषण बोलीमै सीमित भएपछि बेलकोटगढी, धुनीबेसी र ककनीका स्थानीय जनताहरु फोहोरले वातावरण प्रदुसित हुँदा मानव स्वास्थ्यमाथि व्यापक असर पु¥याएको भन्दै आन्दोलित भएका थिए । शाहले गरेको बाचा पुरा गर्न नसकेपछि बेलकोटगढी, धुनीबेसी र ककनीका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयमा पत्राचार गरेका थिए । सो पत्राचारपछि सहरी विकास मन्त्री कुलमान घिसिङले बन्चरेडाँडाका बासिन्दाहरुसँग वार्ता गरी समझदारीमा ल्याएका छन् । मन्त्री कुलमानको त्यो समझदारी कति दिन टिक्ने हो निश्चित छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *