यस्तो छ, भ्रष्ट सह–सचिव पौडेलको हर्कत

राजनीति समाचार

काठमाडौं । यतिबेला राजनीतिक दलहरु अलोकप्रिय भएसँगै दलनिकट कर्मचारीहरु पनि भष्टचारीमा कहलिएका छन् । कतिपय कर्मचारीहरुले आर्जन गरेको अकुत सम्पत्तिको छानविन हुन सकेको छैन । अधिकांश सह–सचिवहरु राजनीतिक दलका शीर्ष नेताहरुको चाकडी गरेर मालदार अड्डामा पुग्ने गर्दै आएका थिए । जेनजी पुस्ताको आन्दोलनले दलहरुको हुर्मत लिएपछि त्यस्ता चाकडी, चाप्लुसी गरी सरुवा, बढुवा भएर मालदार अड्डामा जाने कर्मचारीहरुको ओठतालु सुकेको छ । त्यसको उदाहरण लिन सकिन्छ सह–सचिव प्रकाश पौडेललाई ।

उनै पौडेल तत्कालीन परराष्ट्रमन्त्री डा. आराजु राणा देउवालाई प्रयोग गरी विभिन्न मालदार अड्डा चहार्ने गर्दथे । डा. आरजुकै जोडबलमा पौडेल बारा जिल्लाको सिडियो बन्न सफल भएका थिए । जेनजी पुस्ताको आडमा शुशिला कार्की नेतृत्वको सरकार बनेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन सरकारले बनाएका ३६ जना सिडिओलाई फिर्ता बोलाका थिए । शुशिला कार्की नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भनेर गौरीबहादुर कार्कीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सो कार्की नेतृत्वको समितिमा डा. आरजुका विश्वासपात्र मानिएका बाराका तत्कालीन सिडिओ प्रकाश पौडेललाई पनि राखिएको छ ।

पौडेल शाखा अधिकृत भएदेखि नै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रयोग गरी मालदार अड्डा चहार्दै आएका थिए । अहिले पौडेलको सम्पत्ति छानविन हुनुपर्ने कर्मचारीवृत्तमा चर्चा चल्न थालेको छ । तर, पौडेल भने जेनजी पुस्ताको आन्दोलनबाट बनेको सरकारले ठगन गरेको भ्रष्टाचारीलाई कारबाही गर्ने छनविन समितिमै रहेका छन् ।

त्यसकारण विभिन्न मालदार अड्डामा बसेर आर्जनक गरेको पौडेलको अकुत सम्पत्तिको छानविन कसले गर्ने ? भन्दैछन् कर्मचारीहरु नै । पौडेल शाखा अधिकृत हुँदा तातोपानी भन्सार, राजश्व अनुसन्धान विभागहुँदै विभिन्न मालदार ठाउँमा बसेका थिए । उनी शाखा अधिकृतबाट बढुवा भएपछि चितवनको सिडिओसमेत हुन भ्याएका थिए । सिडिओ हुँदा व्यापारीहरुसँग मिलेमतो गरी अकुत सम्पत्ति आर्जन गरेको स्रोतले उल्लेख गरेको छ ।

पौडेल सधैं शक्तिकेन्द्र धाएर मालदार अड्डा पुग्ने कर्मचारीमा पर्दछन् । पौडेलले तत्कालीन अख्तियार प्रमुख नविन घिमिरेलाई समेत प्रयोग गर्दै आएको स्रोतले उल्लेख गरेको छ । पछिल्लो समय डा. आरजुको जोडबलमा बाराको सिडिओ हुन पुगेकोसमेत बताइन्छ ।

तर, शुशिला कार्की नेतृत्वको सरकारले उनै पौडेललाई भ्रष्टाचारीलाई छानविन गरी कारबाही गर्न खडा गरेको आयोगमा राखेको छ । त्यसले गर्दा अधिकांश भ्रष्ट कर्मचारीहरु जोगिने प्रयास गरिराखेका छन् । त्यसकारण जेनजी पुस्ताको आन्दोलनबाट बनेको कार्की नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने हल्ला ‘हात्ति आयो, हात्ति आयो फुस्सा’ जस्तै भएको छ । शक्तिकेन्द्र मिलाउन माहिर सह–सचिव पौडेलले शुशिला कार्कीलाई समेत गुमराहमा पार्न भ्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *