काठमाडौं । कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउँदैछ ।
आज प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको हो। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ चैत १७ को निर्णयअनुसार प्रदेश सरकारले बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ ।

